माटाको ढिस्कोमा पुरीएर ३ महिला गम्भिर घाईते



ललित सिहं, बझाङ
नजिकीदै आएको नयाँ बर्षको लागि घर लिपपोत गर्न माटो ल्याउन गएका स्थानिय महिला माटोको ढिस्कोमा पुरीएर घाईते भएकी छन् ।

जिल्लाको खप्तड छान्ना गाउपालिका ७ साबिकको गडराय ४ बस्ने बर्ष ४० की बुदी देबि चौहान गभिर घाईते भएकी छन् ,घाईते बुदी देबि चौहानको पुरै जिउमा नदेखिने भित्री शरीरमा गम्भिर चोट लागेको छ, घाईते चैहानको उपचार जिल्ला अस्पताल बझाङ्गमा भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

सो गाबिस ३ बस्ने राधा रोकाया र सिता रोकाया सामान्य घाईते भएर उपचारको लागि नजिकको स्वास्थ्य चौकीमा उपचार गर्दा ठिक भएको घाईतेका आफन्तहरुले बताएका छन् ।

हिजो दिउसो करीब ५ बजे तिर घर भन्दा एक घण्टा टाढा रहेको माटी खानमा माटो ल्याउन जादा माटी खान भत्केर स्थानिय ३ महिला घाईते भएकी प्रहरी चौकी छान्नाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्