ढिस्कोमा पुरिएर तीन घाइते



बझाङ, १३ चैत । नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् ।

तीमध्ये खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन् । घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिप्रकाले जनाएको छ ।

सोही गाविस–३ बस्ने राधा रोकाया र सीता रोकाया सामान्य घाइते भएकामा नजिकको स्वास्थ्य चौकीमा उपचार गरी ठीक भएको घाइतेका आफन्तले बताएका छन् । उनीहरु शनिबार दिउँसो घरभन्दा एक घन्टा टाढा रहेको माटी खानमा माटो लिन गएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्