सानै उमेरमा अर्बौंको सम्पत्तिका मालिक



नेपाल समाचारपत्र
काठमाडौं
ब्र्स म्यागजिनको २०१७ मार्चमा प्रकाशित डाटाअनुसार विश्वमा २ हजार ४३ जना अर्बपति रहेका छन्। विश्वका विभिन्न देशका भिन्न पेशा व्यवसायमा संलग्न अर्बपतिमध्ये ४० वर्ष मुनिका ५६ जना रहेका छन्। फोब्र्सका कान्छा अर्बपति यस्ता रहेका छन्।

लुकास वाल्टनः (३० वर्ष) ११ दशमलब ३ अर्ब डलर सम्पत्ति भएका लुकास वाल्टन वालमार्टका संथापक साम वाल्टनका नाती हुन्। जोन वाल्टन र क्रिस्टि वाल्टनका छोरा लुकासले क्यालिफोर्निया र योमिङमा हुर्किएर कोलोराडो कलेजबाट डिग्री हासिल गरेका थिए। पिताको एक तिहाई सम्पत्ति पाएका वाल्टन वालमार्ट, फस्ट सोलार र आर्भेस्ट बैंकको मुख्य शेयरका मालिक हुन्। कुनै कम्पनीका लागि काम नगर्ने उनी सक्रिय लगानीकर्ता तथा समाजसेवी हुन् ।

वाङ हानः (२९ वर्ष) १ दशमलब २८ अर्ब डलर सम्पत्ति भएका चीनका वाङ हान जुनेयाओ ग्रुपका संथापक वाङ जुनयाओका छोरा हुन्। पिताको मृत्युपछि सबै सम्पत्तिका मालिक बनेका हानको शिक्षा, खाद्य तथा संस्कृतिका क्षेत्रमा लगानी छ। उनी उक्सी कमर्सियल म्यान्सन ग्रान्ड ओरियन्टका मालिकसमेत हुन्।
प्याट्रिक कोलिसनः (२८ वर्ष) १ दशमलब १ अर्ब डलरबराबरको सम्पत्ति भएका प्याट्रिक कोलिसन आयरल्यान्डका युवा उद्यमी हुन्। उनी आफ्ना भाईसँगै स्ट्राइपका सहसंस्थापक तथा सीईओ हुन्। २०१० मा कम्पनी स्थापना गरी उद्यमशीलता शुरु गरेका कोलिसन हाल सानफ्रान्सिस्कोमा बस्छन्। कोलिसनले ८ वर्षको उमेरदेखि कम्प्युटर शिक्षा लिएर १० वर्षको उमेरदेखि प्रोग्रामिङ शुरु गरेका थिए। उनको कम्पनी स्ट्राइपले २५ देशका व्यापारीलाई इन्टरनेटको माध्यमबाट अर्बाैं रकम प्राप्त गर्न सहयोग गर्दछ।

बबी मर्फीः (२७ वर्ष) ५ अर्ब डलरको सम्पत्ति भएका बबी मर्फी दैनिक १५ करोड प्रयोगकर्ता भएको स्न्यापच्याट एपका निर्माणकर्ता र स्न्याप इन्कर्पोरेसनका संथापक मालिक हुन्। उनले सन् २०११ मा इभान स्पेगलसँग मिलेर स्न्यापच्याटको निर्माण गरेका थिए। उक्त कम्पनी २०१७ मार्चमा न्युयोर्क स्टक एक्स्चेन्जमा प्रवेश गरेको छ।
लुडविग थेओडर ब्राउनः (२६ वर्ष) १ दशमलब १३ अर्ब डलर सम्पत्तिका मालिक लुडविग थेओडर ब्राउन मेल्सुन्गेन एजिका अध्यक्ष लुडविग जर्ज ब्राउनका छोरा हुन्। विश्वका ठूला मेडिकल उत्पादन कम्पनीमध्येको एक उक्त कम्पनीको वार्षिक आय साढे ६ अर्ब अमेरिकी डलर रहेको छ। लुडविग थेओडर ब्राउन उक्त कम्पनीको १० प्रतिशत हिस्सका मालिक हुन्।

जोन कोलिसनः (२६ वर्ष) १ दशमलब १ अर्ब डलर सम्पत्ति भएका उनी सन् १९९० मा जन्मिएका प्याट्रिक कोलिसन आयरल्यान्डका युवा उद्यमी हुन्। उनी आफ्ना दाइसँगै स्ट्राइपका सहसंस्थापक हुन्। सन् २०१० मा कम्पनी स्थापना गरी उद्यमशीलता शुरु गरेका जोन हाल सिलिकन भ्यालीमा बस्छन्। हावर्ड विश्वविद्यालयबाट पढाई सकेका जोन कुसल पियानो वादक र पाइलट पनि हुन्।
इभान स्पेगलः (२६ वर्ष) ५ अर्ब डलर सम्त्ति, भएका इभान स्पेगल पनि दैनिक १५ करोड प्रयोगकर्ता भएको स्न्यापच्याट एपका निर्माणकर्ता र स्न्याप इन्कर्पोरेसनका संस्थापक मालिक तथा सीईओ हुन्। क्यालिफोर्नियामा हुर्केका स्पेगलको स्टान्फोर्ड विश्वविद्यालयमा अध्ययनका क्रममा बबी मर्फीसँग भेट भएको थियो।
गुस्ताभ म्याग्नर विट्जोः (२५ वर्ष) १ दशमलब ४४ अर्ब डलर सम्पक्ति भएका गुस्ताभ म्याग्नर विट्जोलाई सन् २०१३ मा पिता साल्मार एएसएले ४७ प्रतिशत हिस्सा उपहारमा दिएका थिए। नर्वेमा रहेको उक्त कम्पनी विश्वको ठूला साल्मोन उत्पादकमध्ये पर्छ। पिताले कम्पनी आफैं चलाउने भएकाले विट्जो लगानीकर्ताको रूपमा आफूलाई अहिलेभन्दा फरक रूपमा उभ्याउन चाहन्छन्।
क्याथारिना एन्ड्रेसनः (२१ वर्ष) १ दशमलब १९ अर्ब डलर सम्पत्ति भएकी क्याथारिना एन्ड्रेसन फर्ड एएसका मालिक जोहान एच एन्ड्रेसन जुनियरकी छोरी हुन्। पिताले दुई छोरीलाई आफ्नो ४२ प्रतिशत सम्पत्ति दिएपछि उनी दोस्रो कान्छी अर्बपति बनेकी हुन्। एम्स्टरडम विश्वविद्यालयमा अध्ययन गर्ने क्याथारिना कुनै कम्पनीमा काम भने गर्दिनन्। फर्डले अहिले हेज फन्ड चलाउँछन् जुन नोर्डिक स्टक एक्सचेन्जको सक्रिय लगानीकर्ता हो।
एलेग्जान्ड्रा एन्ड्रेसनः (२० वर्ष ) १ दशमलब १९ अर्ब डलर सम्पत्ति भएकी क्याथारिना एन्ड्रेसन फर्ड एएसका मालिक जोहान एच एन्ड्रेसन जुनियरकी छोरी हुन्। पिताको सम्पत्ति पाएपछि उनी विश्वकै कान्छी अर्बपति बनेकी हुन्। घोडा सवारी पोशाकको फोटोसुट मोडेल उनले जुनियर नर्वेजिएन ड्रेसेज राइडिङ प्रतियोगितामा तीनओटा उपाधि जितिसकेकी छिन्। विश्वकै कान्छी अर्बपति हँुदाहुँदै पनि उनी अझै पकेट मनि जोगाउने र सेकेन्ड ह्यान्ड गाडी चढ्ने गर्छिन्।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्