रकिबको अग्रता कायमै



काठमाडौं, (नेस)
नेपालका उदियमान युवा खेलाडी सुमित पन्त (१९३५) लाई पराजीत गर्दै बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) ले एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता कायम राखेका छन्।

नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा राजधानीमा जारी च्याम्पिनसीप अन्र्तगत शनिबार सम्पन्न सातौं चरणको प्रतिष्पर्धात्मक खेलमा सुमितले १५ औं चालमा रकिबलाई नतिजा सुम्पे। रकिबको ६ अंक भएको छ। त्यस्तै डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) बंगलादेशकै फिडेमास्टर हसन मेहेदी (२२६३) लाई पराजीत गदैं ५ दशमलब ५ अंकका साथ अंकतालिकाको दोश्रो स्थानमा रहेका छन्। पूर्व नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) ले नेपालका अर्का युवा प्रतिभा हिमाल लामा (२०८१) लाई हराउँदै ५ अंकका साथ तेश्रो स्थानमा रहे।

यसैगरी श्रीलंकाकी महिला खेलाडी सौम्य जैनव (१७८८) ले वुमन क्यान्डिडेटमास्टर टाईटल प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्