नेपालले भोलि पाकिस्तानसँग खेल्ने



नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशमा आजदेखि हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई शनिबार बिदाई गरिएको छ।

नेपालको कप्तानीको जिम्मेबारी ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले बंगलादेशमा प्रतिस्पर्धा गर्नेछ। हालै केन्याविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा सफल कप्तानी बनेका ज्ञानेन्द्रले केही नौलो टिम भएपनि जित्ने आशा गरेका छन्। मल्लको टोलीमा युवा खेलाडीको जमात रहेका छन्।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेल सोमबार पाकिस्तानको यु २३ टोलीसँग खेल्नेछ। त्यस्तै मंगलबार आयोजक बंगलादेसको यु २३ टोलीसँग नेपालको सामना हुनेछ। त्यस्तै बिहीबार हङकङसँग नेपालले खेल्नेछ। चार टेष्ट र चार एशोसियट मुलुकका टोलीहरूलाई दुई समूहमा बिभाजन गरी प्रतियोगिता खेलाइनेछ।

प्रतिक्रिया दिनुहोस्