११ करोड ६० लाखलाई पोलियो खोप



न्युयोर्क, (एजेन्सी)
पश्चिम तथा मध्य अफ्रिकाका १३ मुलुकका करिब ११ करोड ६० लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप दिइने कार्यक्रम रहेको छ।

यस कार्यक्रमका लागि एक लाख ९० हजार स्वास्थ्यकर्मी खटाइने संयुक्त राष्ट्रका सहायक प्रवक्ता फर्हान हकले शुक्रबार जानकारी दिएका छन्।

अफ्रिकी देश माली, बेनिन, क्यामरुन, गणतन्त्र मध्यअफ्रिका, लाइबेरिया, चाड, कोट डी आइभोरिक, लोकतान्त्रिक गणतन्त्र कंगो, गिनी, मौरिटेनीआ, नाइजर, नाइजेरिआ र सेरालिओन लगायत १३ देशका पाँच वर्षमुनिका बालबालिकालाई पोखियो खोप दिन लागिएको हो।

हकले पत्रकारहरुसंगको कुराकानीमा बताएका छन् ,‘प्रत्येक बालबालिकालाई पोलियो रोग विरुद्धको खोप दिने सबैभन्दा ठूलो संयुक्त अभियान हो।’ उत्तरपूर्वी नाइजेरियामा गत वर्ष स्वास्थ्यमा पहुँच नपुगेकाले पोलियो रोग लागेर चार बालबालिकामा अपांगताको शिकार भएका थिए। सो क्षेत्र सबैभन्दा बढी पोलियो प्रभावित क्षेत्र मानिन्छ।

२० वर्षअघि प्रत्येक देशमा हरेक वर्ष पोलियो रोगका कारण ७५ हजार बालबालिकालाई पक्षघात हुनेगरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) को अफ्रिकाका लागि क्षेत्रीय निर्देशक मतसिदिस मोइतीले जानकारी दिएका छन्।
तर अहिले धेरै सुधार आएकोमा ती देशका प्रतिबद्ध सरकार, समुदाय, साझेदार, स्वास्थ्यकर्मी, स्वास्थ्यसेवीलगायत सरोकारवाला सबै धन्यवादको पात्र भएको उनले बताएका छन्।

डब्लु एच ओ र राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै १३ मुलुकमा ५ वर्षमुनिका बालबालिकालाई प्रतिरोधात्मक क्षमता वृद्धि गर्न एकैसाथ पोलियो खोप दिइने जानकारी दिएका छन्। यो ऐतिहासिक खोप अभियान यही मार्च २८ तारिखदेखि शुरु हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्