कारागारबारे छलफल



काठमाडौं, (नेस)

कारागार सुधार र कैदीबन्दीका अधिकारका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग र कारागार व्यवस्था विभागका पदाधिकारीहरूबीच शुक्रबार आयोगमा छलफल भएको छ।

सो क्रममा आयोगले गरेको कारागार तथा हिरासतको नियमित अनुगमनबाट प्राप्त तथ्यहरू तथा विद्यमान कानुनी व्यवस्था र अवस्था सम्बन्धमा छलफल भएको थियो।

देशका सबैजसो कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको, खानेपानी, ढल निकासलगायतका भौतिक पूर्वाधारहरू जीर्ण अवस्थामा रहेको हुँदा कैदीबन्दीको जीवन जोखिममा परेको सो अवसरमा जनाइएको आयोगद्वारा प्रेषित वक्तव्यमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्