लागूऔषधसहित पक्राउ



काठमाडौं, (नेस)

काठमाडौं गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय ४१ एम्पुल, फेनारगन २ सय ५८, बुप्रेनोर्फिन २ सय ४३ गरी जम्मा ७ सय ४२ एम्पुलसहित काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक पाङताङ गाविस–४ का २३ वर्षीय छिरिङ लामा, सिन्धुपाल्चोक स्याउले गाविस–१ का २७ वर्षीय मिलन लामा र सोही ठाउँका ३३ वर्षीय विजय तामाङसहित ३ जनालाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले बुधबार पक्राउ गरेको छ।

त्यसै गरी सोही ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुर उपमहानगरपालिका–११ ठैबु डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका–३ का २८ वर्षीय सुवर्ण कुँवर र भक्तपुर अनन्तरलिंगेश्वर नगरपालिका–१२ गुन्डुका १८ वर्षीय अविक थापालाई नियन्त्रित लागूऔषध नाइट्रोजेपाम नाइट्राभेट १ सय ५ ट्याबलेटसहित बिहीबार काठमाडौ महानगरपालिका–३५ कोटेश्वरबाट पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्