३ सय जनालाई डुबाएको जहाज तैरियो



सोल, (एजेन्सी)

करिब तीन वर्षअगाडि ३ सय ४ जना, स्कुलको शैक्षिक भ्रमण रहेका प्रायः बालबालिकाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा डुबेको दक्षिण कोरियाली जहाज उक्त सागरमा विस्तारै माथि तैरिँदै गरेको अवस्थामा देखिएको छ। उक्त दुर्घटनाले सम्पूर्ण देशलाई नै सोकमा डुबाएको थियो। पानीमा तैरिएको देखिएको जहाज उक्त दुखद् घटनाको स्मरण गराएको जनाइएको छ।

सन् २०१४ को अप्रिल १६ मा दक्षिण तटीय क्षेत्रको नियमित यात्राका क्रममा संरचनागत रूपमा असुरक्षित सेवोल नामके उक्त जहाज क्षमताभन्दा बढी भार र तीव्र गतिको हुइँक्याइमा मोड्न खोज्दा दुर्घटना भई डुबेको थियो।

दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारलाई उक्त जहाज तैरिएको र उक्त विध्वंशको थप विस्तृत अनुसन्धान हुने जानकारी दिइएको छ। अधिकारीहरुले बाँकी ९ जना बेपत्ताका शव पनि भेटिने अपेक्षा गरेका छन्।

‘हामी केही गर्न सक्दैनौं तर जहाजमाथि आएको देखेर स्तब्ध भएका छौं’ ९ जनामा आफ्नी छोरी चो इउ ह्वा परेकी लि कुम हीले पत्रकारहरुलाई बताए।

प्रतिक्रिया दिनुहोस्