बढी शेयर मूल्य भएका बहुराष्ट्रिय कम्पनी



नेपाल समाचारपत्र
काठमाडौं

कम्पनीको स्थापना र सञ्चालनका निम्ति विश्वभर संघर्षका कुरा हुने गर्छ। तर, स्थापनाको छोटो समयमै विश्व बजारमा आफ्नो उपस्थिति देखाउन सफल भएका तथा शेयर मूल्य उच्च भएका अमेरिकन बहुराष्ट्रिय कम्पनीहरूको विषयमा धेरैको चासो रहँदै आएको छ। यसै सन्दर्भमा अमेरिकामा स्थापना भई शेयर मूल्य उच्च भएका केही प्रतिनिधि कम्पनीहरूको शेयर मूल्यका विषयमा यहाँ प्रस्तुत गरिएको छ। जसमध्ये बक्सायर ह्याथ्वे रहेको छ।

अमेरिकामा प्रधान कार्यालय रहेको ह्याथ्वे कम्पनीको विश्वकै महँगो शेयर मूल्य रहेको कम्पनी हो। यस कम्पनीको प्रतिकित्ता शेयर मूल्य २ लाख ५८ हजार ९ सय २५ अमेरिकी डलर रहेको यस बहुराष्ट्रिय कम्पनीे समूहअन्तर्गत नेटजेट, हल्र्जबर्ग डाइमोन्ड, कोकाकोला, लुब्रिजोल, डेरी क्वीन, फ्लाईट सेफ्टीलगायतका कम्पनीहरू पर्दछन्। हाल कम्पनीको सीईओ वारेन एड्वार्ड बफेल्ट हुन्।

त्यस्तै सीबोर्ड कर्पोरेसन ः कृषि र समुद्री व्यापारका क्षेत्रमा काम गर्दै आएको कम्पनीले विश्वका अधिकांश मुलुकमा आफ्नो व्यापार विस्तार गरेको छ। अमेरिकाको क्यानसस्मा प्रधान कार्यालय रहेको कम्पनीले २५ हजार मानिसलाई रोजगारी दिएको छ। हाल कम्पनीको प्रतिकित्ता शेयर मूल्य ४ हजार १ सय ६५ अमेरिकी डलर रहेको छ। एनभीआर कर्पोरेट ः सन् १९९० मा स्थापना भएको कम्पनीको प्रधान कार्यालय भर्जिनियामा रहेको छ। यो कम्पनीले निर्माण र बैंकिङ क्षेत्रका लगानी गरिरहेको छ। कम्पनीको प्रति कित्ता शेयर मूल्य २ हजार ६० अमेरिकी डलर रहेको छ।
यसै गरी प्राइसलेस डटकम इन्कर्पोरेटेड ः यो कम्पनी सन् १९९८ मा व्यावसायिक वेबसाइटका रूपमा स्थापना भएको हो। अमेरिकाको नर्वाक शहरमा प्रधान कार्यालय रहेको कम्पनीले ट्राभल, होटल, एयरलाइन्सका टिकटजस्ता सेवा दिइरहेको छ। कम्पनीको प्रतिकित्ता शेयर मूल्य १ हजार ९५ अमेरिकन डलर रहेको छ। मर्केल कर्पोरेसन ः बीमा क्षेत्रमा काम गरिरहेको यो कम्पनी सन् १९३० मा स्थापना भएको हो। भर्जिनियामा मुख्य कार्यालय रहेको कम्पनीको प्रतिकित्ता शेयर मूल्य ९ सय ८० डलर रहेको छ।

अल्फाबेट इन्कर्पोरेट ः ७ सय ८३ अमेरिकी डलर प्रतिकित्ता शेयर रहेको यो कम्पनी करिब २ वर्ष अगाडि मात्रै स्थापना भएको हो। इन्टरनेट र प्रविधिको क्षेत्रमा गुगलको नाम सबैभन्दा अगाडि आउँछ गुगल कम्पनीका २ जना संस्थापक लेरी वेज र सर्जी ब्रिनले स्थापना गरेको कम्पनीमा हाल गुगल, कालिको, जीभी, क्यापिटल जी, वइमो, एक्स, गुगल फाइबरलगायतका कम्पनी आबद्ध रहेका छन्। कम्पनीको प्रधान कार्यालय क्यालिफोर्नियामा रहेको छ।

अटोजोन कम्पनी ः अटोजोन कम्पनीले सन् १९७९ देखि अमेरिकामा अटोमोबाइल्स र यसका पार्टपूर्जा निर्माण र व्यापारमा काम गरिरहेको छ। अहिले यस कम्पनीको प्रतिकित्ता शेयर मूल्य ७ सय ३० अमेरिकी डलर रहेको छ। कम्पनीको विश्वभर ६ हजारभन्दा बढी शाखा रहेका छन्।
अमेजन ः अमेजन विद्युतीय र अनलाइन व्यापारका क्षेत्रमा सबैभन्दा ठूलो सफलता हात पार्ने कम्पनी हो। सन् १९९४ मा स्थापना भएको कम्पनीको हालको प्रतिकित्ता शेयर ८ सय ५३ अमेरिकी डलर मूल्य रहेको छ।

इन्टिओटिभ सर्जिकल इन्कर्पोरेटेड ः यस कम्पनीले रोबोटिक सर्जिकल प्रणालीको उत्पादन गर्छ। सन् १९९५ मा स्थापना भएको कम्पनीको प्रधान कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। यस कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५७४ डलर रहेको छ। मास्टर कार्ड इकर्पोरेसन ः बहुराष्ट्रिय वित्तीय कम्पनीका रहेको यो संस्था सन् १९६६ मा स्थापना भएको हो। न्युयोर्कमा प्रधान कार्यालय रहेको कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५ सय १६ डलर रहेको छ।

( विभिन्न समाचार एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्