छिरिङलाई एमेच्योरको उपाधि



काठमाडौं, (नेस)
टाशी छिरिङ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि बिहीबार जितेका छन् । गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा टाशीले उपाधि जित्न अतिरिक्त होलमा सुक्रबहादुर राईलाई पराजित गरेका हुन् । ५४ होलको राष्ट्रिय एमेच्योर प्रतियोगिता प्लेअफमा नतिजा निकालिएको हो । निर्धारित होलमा टाशी र सुक्र तीन ओभर २१९ स्कोर गरेर टाइ भएपछि प्लेअफमा टाशीले बाजी मारे । उनले १ अन्डर ७१ स्कोर गर्दा सुक्रले १ ओभर ७३ स्कोर गरेका थिए ।

प्रतियोगितामा वान्चेन ढोन्डअप अन्तिम चरणमा १ ओभर ७३ स्कोरसहित कूल चार ओभर २२० स्कोरमा तेस्रो स्थानमा रहे । प्रतियोगितामा हरेक दिनमा उत्कृष्ट खेलेका खेलाडी पनि पुरस्कृत भए । पहिलो दिन ह्दयशकुमार सिंह (७१), दोस्रा दिन सुक्रबहादुर राई (७२) र अन्तिम दिन टंकबहादुर कार्की (६९) ले उत्कृष्ट खेलेका थिए । प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटानका गरी ४८ खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्