धुलो र विश्व किर्तिमान



धुलो धुवाले राजधानीका बासिन्दा अहिले आक्रान्त भएको धरहराले देख्दै आएको छ । सरकार राजधानीको धुलो नियन्त्रण गर्ने भन्दै योजनाचाही ल्याएको छ । योजना मात्रै आउछ कार्यान्वयन भने कहिल्यै भएको देखिदैन । यो सत्य हो नेपालका शासकहरु योजना बनाउने तर कार्यान्वयन नगर्ने बिश्व किर्तिमान नै राखि सकेका छन । हैन धरहराले बुझेको छैन । योजना बनाउने कार्यान्वयन नगर्नेहरुलाई कारवाही गर्ने जनतासंग कुनै कानुन छैन कि क्या हो । छ भने त सरकारमा बिराजमानहरुलाई कसरी कारवाही गर्ने होला त ? यसो धरहराले सोच्दै थियो एउटा आईडिया धरहरालाई पनि आयो तर यो कामको नेतृत्व कसले लिने होला भनेर धरहराले सोचेको यो कामको नेतृत्व लिने कोही होलान जस्तो लागेन ।

धरहराले सोचेको आईडियाचाही सरकारका मान्छेको घर अगाडि बाटो खनेर धुलो धुलो बनाउने र ठुलो पंखा फिट गरेर घरतिर लगातार धुलो उडाईदिने यसो गर्दा बल्ल आफ्ना मान्छे धुलोमा परे भनेर साच्चीकै सुधारका योजना ल्याउलाकी सरकारले भनेर धरहरा सोची रहेको छ । पाठकबृन्द कोही हुनुहुन्छ त यो कामको नेतृत्व लिने । कोही हुनुहुन्छ भने नाम टिपाउनु होला है ।

प्रतिक्रिया दिनुहोस्