‘मेलानिया डोनाल्डसँग एउटै बेडमा सुत्दैनन्’



वासिङटन, (एजेन्सी)
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आफ्नो नयाँ भूमिकालाई लिएर खुसी नभएको युएस विक्लीले जनाएको छ। एउटा अज्ञात पारिवारिक श्रोतले उक्त अखबारलाई ‘मेलानियाले आफू कति दुखी छु भन्ने कुरालाई उनको वरपरका सबैबाट लुकाउन नसकेका’ बताएको जनाइएको छ।

यद्यपि मेलानिया छार बेरोन ट्रम्पको स्कुल वर्ष पूरा नहुन्जेलसम्मका लागि अहिले न्युयोर्कस्थित ट्रम्प टावरमै बस्दै आइरहेकी छिन्। उनले एउटै शहरमा भए पनि राष्ट्रपतिसँग एउटै बेड प्रयोग गर्न अस्वीकार गर्दै आएको बताइएको छ। ‘उनीहरू फरक सयनकक्ष प्रयोग गर्छन्’ अर्को एउटा अज्ञात श्रोतले अखबारलाई बताए। ‘उनीहरू कहिल्यै पनि रातिसँगै बस्दैनन्।’ राष्ट्रपतिको परिवार श्रोतले भने– ‘मेलानिया डोनाल्डसँग सकेसम्म कममात्र काम गर्न चाहन्छिन् र उनी राष्ट्रपतीय भूमिकालाई लिएर कुनै काम गर्न चाहँदिनन्।

उक्त समाचारलाई लिएर प्रथम महिलाले सबै दाबीलाई अस्वीकार गर्दै भनिन्– ‘तपाईहरूले कुनै अज्ञात श्रोतले दिएको काल्पनिक तथ्यलाई लिएर यी कुराहरू गर्नु दुर्भाग्यपूर्ण हो।’

प्रतिक्रिया दिनुहोस्