भन्सार छली ल्याएको समान सहित पक्राउ



बाँके, (नेस)
भन्सार छली ल्याएको सामान सहित भारत राजस्थान घर भई हाल सोही स्थानमा नवदुर्गा इन्टरप्राइजेज कपडा पसल संचालन गरी बस्ने महेश कुमार परीकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा नेपालगंज–५ न्युरोडमा चेकजाँच गर्ने क्रममा भन्सार छली चोरी निकासी गरी ल्याएको करीब २ लाख २२ हजार रुपैयाँ बराबरको सर्ट पाइन्टका कपडाहरु सहित बुधबार परीकलाई प्रहरीले फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्