ट्रम्प पनि कानुनभन्दा माथि होइनः गोर्सच



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको नयाँ न्यायाधीशका रुपमा नामांकित गरिएका नियो गोर्सचले कोही पनि कानुनभन्दा माथि नहुने कुरामा जोड दिएका छन्।

गोर्सचले आफैलाई उक्त पदका लागि मनोनित गरेका राष्ट्रपति पनि कानुनभन्दा माथि नभएको बताए। सिनेटमा गोर्सचको नाम उक्त पदका लागि अनुमोदन प्रक्रिया चलिरहँदा उनले आफूलाई कसरी काम गर्ने भन्ने विषयमा कुनै प्रकारको बचन नलिएको बताए।

गोर्सचले यदि ट्रम्पले आफूमाथि ऐतिहासिक ‘रोव वी वेड’ गर्भपात कानुन बदल्नका लागि दबाब दिएको भए आफूले पद नै छोड्ने बताए। गोर्सचले संघीय न्यायाधीशमाथि ट्रम्पले गरेको हमला पनि निरासजनक भएको बताए। विवादास्पद यात्रा प्रतिबन्ध स्थगित गरेकामा गत फेब्रुअरीमा डोनाल्ड ट्रम्पले एक न्यायाधीशलाई ‘तथाकथित न्यायाधीश’ सम्बोधन गरेका थिए।

गोर्सचले सिनेटरहरूसँगको निजी संवादमा यदि अमेरिकी जमिनमा कुनै प्रकारको आतंककारी हमला भएमा त्यो नीतिगत गल्ती हुने बताएका थिए।

उनले भने– ‘यदि कुनै पनि संघीय न्यायाधीशको इमानदारी, निष्ठा र उद्देश्यमाथि आक्रमण हुन्छ भने त्यो हतास गर्ने व्यवहार हो। यो वास्तवमा होच्याउने प्रयास हो, किनभने मलाई साँचो के हो, थाहा छ।’

यो कुरा राष्ट्रपतिमा पनि लागु हुन्छ, भन्ने प्रश्नमा उनले ‘चाहे जोसुकै होस्’ भन्ने जवाफ दिएका थिए। ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले गोर्सचको उक्त बयान आएपछि गरेको ट्विटमा गोर्सचले कसैको नाम नलिईकन विषयलाई सामान्यीकरण गरेको बताए।

सिनेटमा उनीसँग कोलोराडोका ती न्यायाधीशले सायदै कुनै गल्ती गरेको हुन सक्ने विषयमा प्रश्न राखेको थियो। गोर्सचसँग डेमोक्रइट सांसदहरूले पनि थुप्रै विवादास्पद मुद्दामा प्रश्न राखेका थिए। उनले लगातार कुनै पनि केसलाई कसरी हेर्छ र त्यसमा केही भनिहाल्नु गल्ती हुने बताएका थिए। गोर्सचले सिनेटको सुनवाइका क्रममा शुरूदेखि अन्त्यसम्म स्वतन्त्र न्यायपालिकाको कुरा दोहार्याएका थिए। गोर्सचलाई १३ महिनाअगाडि न्यायाधीश एन्थोनेन स्कालियाको मृत्युपछि खाली भएको सिटका लागि मनोनित गरिएको हो। नियुक्तिअगाडि उनले सिनेटको न्यायिक समितिको कडा प्रश्नहरूको सामना गर्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्