भाषा परीक्षाको शुल्क ग्लोबल बैंकमा



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंक लिमिटेडले देशभरका काउन्टरबाट इपिएस कोरिएन भाषा परीक्षाको लागि शुल्क संकलन गर्ने व्यवस्था गरेको छ।

विगतमा वर्षहरूमा झै सो बैंकले बुधबारदेखि देशभरका ९४ वटा काउन्टरबाट शुल्क संकलन लिने व्यवस्था मिलाएको हो।

दश दिन सञ्चालन हुने भाषा परीक्षाको शुल्क बैंकले संकलन गर्ने जनाएको छ। बैंकले अघिल्ला वर्षहरूमा देशका विभिन्न स्थानहरूमा छुट्टै काउण्टर स्थापना गरेर परीक्षा शुल्क संकलन गरेको थियो।

यस वर्ष बैंकका सम्पूर्ण शाखाहरूबाट संकलन गर्ने व्यवस्था मिलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्