देउवाले अचानक सारे काग्रेस बैठक



भोलि भनिएको बैठक १३ गते मात्र बस्ने भएको छ

रामकृष्ण चापागाईं,काठमाडौं ।

पछिल्लो राष्ट्रिय राजनीति, स्थानिय निर्वाचन र पार्टीको आनतरीक विषयमा छलफल र निर्णय गर्न नेपाली काग्रेसको भोलि बिहिबार देखि बस्ने भनिएको केन्द्रिय समितिको बैठक तीन दिन पर सारिएको छ ।

बैठकको एजेण्डा तय गर्न वुधवार विहान पार्टी नेतृत्वलाई भेट्न गएका केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई पार्टी सभापति देउवाले अहिले राष्ट्रिय राजनीतिमा देखिएको असहजता हटाउन अन्य दलहरुसंग छलफल र वार्ता भैरहेकोले पार्टीको केन्द्रिय समिति बैठक आइतवार सार्न निर्देशन दिनुभएको हो ।

‘विहिवार बस्ने भनिएको केन्द्रिय समितिको बैठक १३ गतेको लागि सरेको छ’ केन्द्रिय कार्यालयका मुख्य सचिव पौडेलले नेपाल समाचारपत्रसंग भन्नुभयो– हाम्रा पार्टीका शीर्ष नेताहरु स्थानिय निर्वाचन, संविधान संशोधन लगाएत राष्ट्रिय राजनीतिका विषयमा अन्य दलहरुसंगको छलफलमा व्यस्त भएका कारण बैठक तीन दिन पछि सारिएको हो ।

‘स्थानिय निर्वाचनको मिति नजिकिदै छ, मधेशवादी केहि दलहरु निर्वाचनमा भाग नलिने भनिरहेका छन्’ मुख्य सचिव पौडेलले भन्नुभयो– राष्ट्रिय राजनीतिमा देखिएको असजता हटाएर अभिभावकत्वको भुमिका निभाउनु पर्ने जिम्मेवारी काग्रेसको काधमा भएकोले शीर्ष नेताहरु व्यस्त भएका हुन ।

लामो समयपछि बस्न लागेको केन्द्रिय समितिको बैठकमा पार्टी सभापतिको चर्को आलोचना हुने पनि बताइएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विभिन्न नियुक्तिका विषयमा असन्तुष्टि राख्दै आएका छन् ।

बैठकमा स्थानिय निर्वाचन, संविधान संशोधन, सरकारको काम कार्वाहि लगाएतका विषयमा पनि छलफल हुने बताइएको छ । स्थानिय निर्वाचनको सन्दर्भमा जिल्लाको बस्तुस्थिति बुझ्न काग्रेसले गत पुस १५ गते ७५ जिल्लामै वर्तमान तथा पुर्व केन्द्रिय सदस्यहरु खटाएको थियो । उनिहरुको प्रतिवेदन पनि केन्द्रिय बैठकमा प्रस्तुत हुने बताइएको छ ।

बैठकमा सभापति देउवाले दुईमहिना भित्र गरिसक्नुपर्ने पदाधिकारी तथा केन्द्रिय सदस्य मनोनयन तथा विभिन्न विभाग र समितिहरुको गठनमा भएको ढिलाईका बारेमा पनि केन्द्रिय सदस्यहरुले प्रश्न उठाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्