कलाकारितालाई रंगाउन खोज्दै रन्जु



कृष्णउदास खनाल,वीरगन्ज ।

बाराको निजगढमा जन्मिएकी रन्जु अधिकारी अहिले काठमाडौंमा संघर्ष गर्दैछिन् । बिद्यालयमा उनी पढ्दै गर्दा उनको नाच देखेर नलोभिने कमै थिए होलान् । सानै देखि नाच्न निकै सिपालु रन्जु काठमाडौंमा छिरेर देशकै ठूलो अनि नामुद कलाकार बन्ने सपना थियो उनीमा र छपनि । त्यसो त रन्जुले कलाकारितामा हात नहालेकी पनि होइनन् । उनले वाक्कदिक्क,मरिहत्ते लगायतका हास्य टेलि श्रृखलाहरुमा काम गरिसकेी छन् ।

करिब एक दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेको उनले बताएकी छन् ।लोक गीत सहित आधुनिक र पप गीत लगायतमा आफूले अभिनय गरिसकेको उनी बताउछिन् ।केही दिनहरु बजारमा आइसकेको र केही आउने तयारीमा रहेको उनले नेपाल समाचारपत्रलाई जानकारी दिइन् । आफ्नो रुची सानैदेखि गीत संगितको क्षेत्रमा भएका कारण आफू यो क्षेत्रमा बिभिन्न संघर्ष गर्दै लागि परेको उनी बताउछिन् । गीत संगित बिनाको जीवन सार्थक नहुने भन्दै उनले कलाकारिताबाट जीवन धान्न निकै धौधौ रहेपनि यसबाट पछि नहट्ने बताइकी छन् ।


अभिनय क्षेत्रमा काम गर्नु सामाजिक रुपमा अझैपनि संघर्षकै कार्य उनी बताछिन् । महिलाहरुलाई खुला रुपमा अझै अभिनयमा लाग्नका लागि प्रेरित गर्ने जमातहरुको संख्या कम रहेको उनी तर्क गर्छिन् । कलाकार हुंदैमा सबै कुरा बिग्रन्छ भन्ने सोच नै गलत भएको उनको तर्क छ ।

उनी आफ्नो घर परिवार र समाजसंग संघर्ष गरेर यो क्षेत्रमा आएको र आफ्नो एउटै मात्रै लक्ष्य भनेको कलाकारिताबाट जीवनलाई अमर बनाउनु नै रहेको उनी बताउछिन् । अभिनय सबैबाट संभव नभएपनि गीत र संगिन भने सबैका लागि आवश्यक रहेको उनी बताछिन् ।

प्रतिक्रिया दिनुहोस्