आगो नियन्त्रकलाई रासनको अभाव



रीता बनमाला, भक्तपुर ।

भक्तपुरका दमकल आगो नियन्त्रकलाई रासनको अभाव भएको छ । सरकारले आगो नियन्त्रक तफलाई बजेट नदिए पछि रासनको अभाव भएको हो ।

जुद्ध वारुण यन्त्र कार्यालयका अधिकृत विजय धौँभडेलले आर्थिक वर्ष २०७१÷०७२ देखि रासनको लागी बजेट नआएको बताउनु भयो । उहाँले हामीले सरकार समक्ष रासनको लागी पटक पटक पत्राचार गरेता पनि कुनै रासनको लागी कुनै पहल नगरेको गुनासो पोख्नु भयो । भक्तपुरमा हाल दुई वटा दमकल सञ्चालित रहेका छन् ।

नगरपालिकावाट एउटा थप दमकलको लागी पहल गरी रहेको नगरपालिकाले जानकारी दिएको छ ।

चालु आवमा जिल्लामा ३६ वटा आगोलागी भएका छन् । प्रत्येक वर्ष एक सय ५० वटा आगोलागी हुने कार्यालयको तथ्याङक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्