आदिवासी सुन्दरीको प्रतिभा



मिस इन्डिजिनियस हेरिटेज नेपाल २०१७ (आदिवासी सुन्दरी) का प्रतियोगीहरुले राजधानीमा आयोजित ट्यालेन्ट राउन्डअन्र्तगत आफूमा अन्तरनिहित प्रतिभा प्रदर्शन गरेका छन्।

प्रतियोगिताकी सहभागी अर्चना प्रधान शिरैमा शिरबन्दी बोलको गीतमा प्रस्तुत हुँदा सबैले तालीले साथ दिए। नग्मा श्रेष्ठले डाँफेझैँ नाच्ने बोलको राष्ट्रिय भावनाको गीत प्रस्तुत गरे प्रशंसा बटुलिन्।

यसरी अधिकांश प्रतियोगीले नेपालीपन झल्काउने गीतमा नृत्य प्रस्तुत गरे।
राजधानीको लाजिम्पाटस्थित सम्पदा रिर्सोटमा प्यासिकपिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित ट्यालेन्ट शोअन्तर्गत मिस इन्डिजिनियस हेरिटेज नेपाल२०१७ का ४४ जना युवती प्रतिस्पर्धाले आफ्नो प्रतिभा देखाएका हुन्। ट्यालेन्ट राउन्ड तथा प्रिजजिङ राउन्डअन्तर्गत प्रतिभा प्रस्फुटन कार्यक्रममा प्रतियोगीले गायन, नृत्य, अभिनय, वक्तृत्वकलालगायतका प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेन्ट राउन्डमा कोरियोग्राफर रोजिन शाक्य, मोडल विपना थापा, उज्जवलकृष्ण श्रेष्ठ, ढाकाको फेसन डिजाइनर निरु आङ्बुङ, राम मादेन, प्रदीपमान प्रधान, अधिवक्ता लक्ष्मण महर्जन, व्यवसायिक अमरज्योती रञ्जितलगायत निर्णायक रहेका थिए। ट्यालेन्ट राउन्डको नतिजा फाइनलकै दिन घोषणा गरिने आयोजकले जनाएका छन्। कार्यक्रमको अन्तिम स्पर्धा आगामी १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्