अमेरिकासँग सहकार्यको अपेक्षा



काठमाडौँ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएस प्यासिफिक कमान्डका कमान्डर एडमिरल ह्यारी बि ह्यारिजसँग आज भएको शिष्टाचार भेटवार्तामा नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले गत भूकम्पका बेला प्राप्त अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमुना भएको बताउँदै त्यसक्रममा नेपालका गाउँमा उद्धारमा खटिँदा ज्यान गुमाउने छ अमेरिकी सेनाप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकाकुल अमेरिकी जनता र सेनाप्रति समवेदना प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गर्नुभयो ।
भेटमा कमान्डर एडमिरल ह्यारिजले नेपालसँग अमेरिका तथा अमेरिकी सेनाको आत्मीय सम्बन्ध रहेको बताउनुभयो । उहाँले नेपालको स्टाफ कलेजमा अमेरिकी सेनाले पढ्ने गरेको तथा नेपालबाट ‘माउन्टेन वारफेर’ सिक्न पाएकामा धन्यवाद दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्