टेलिकमको नाफा बढ्यो



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले पुरानो प्रविधिलाई विस्तारै हटाउने तयारी गरेको छ। सोमबार टेलिकमद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले डायलअपलगायतका विस्तारै हटाइने जानकारी दिनुभयो।

उहाँले कम्पनीले सञ्चालनमा ल्याएको फोरजी सेवालाई देशव्यापी बनाइने बताउनुभयो। उहाँले सीडीएमए र वाईम्याक्समा कम्पनीले थप लगानी नगर्ने पनि बताउनुभयो। प्रबन्ध निर्देशक राजभण्डारीले प्रयोगकर्ताको गुणस्तर सम्बन्धी गुनासालाई सम्बोधन गर्न कम्पनीले ‘कम्प्लेन अडिट’ संयन्त्र स्थापना गरेको जानकारी दिनुभयो।

उक्त संयन्त्रले वेबसाइट, फेसबुक तथा ट्वीटरलगायतका सामाजिक सञ्जालमा आएका गुनासो तत्काले समाधान गर्ने बताउनुभयो। त्यस्तै टेलिकमकी प्रवक्ता प्रतिभा तुलाधर वैद्यले टेलिकम भ्वाइसमा पहिलो स्थानमा रहेको उल्लेख गर्दै आगामी दिनमा डाटामा पनि पहिलो हुने प्रयासमा रहेको बताउनुभयो। कम्पनीको गत आवमा डाटा सेवा ५६ दशमलब २६ प्रतिशत तथा भ्वाइस सेवा हिस्सा ४७ दशमलब २२ प्रतिशत छ।

उहाँले कम्पनीले आफ्नो सेवाको गुणस्तरमा जोड उल्लेख गर्दै गुणस्तर निरन्तर प्रोसेस रहेको बताउनुभयो।टेलिकमका अर्थ विभाग प्रमुख सूर्यभक्त पोखरेलले कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपियाँ रहेको उल्लेख गर्दै कम्पनीमा रकारको साढे ९१ दशमलब ४९ प्रतिशत, सर्वसाधारणको ८ दशमलब ४८ प्रतिशत र नागरिक लगानी कोषको शून्य दशमलब शून्य ३ प्रतिशत लगानी रहेको जानकारी दिनुभयो।
चालू आर्थिक वर्षको ६ महिनामा कम्पनीको नाफा ९ प्रतिशत बढेर ७ अर्ब ९१ करोड रुपियाँ पुगेको छ। गत आवको सोही अवधिमा टेलिकमले ७ अर्ब २५ करोड रुपियाँ नाफा गरेको थियो। पोखरेलले सरकारले लिँदै आएको करमा पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कर कम भएको अवस्थामा कमपनीले अन्यत्र क्षेत्रमा लगानी बढाउन सक्ने बताउनुभयो। पोखरेलका अनुसार सय रुपियाँको रिचार्ज कार्ड बक्रिी गर्दा दूरसञ्चार सेवा शुल्क ११ प्रतिशत, स्वामित्व शुल्क २ प्रतिशत र मूल्यअभिवृद्धि कर १३ प्रतिशत कट्टा गरी जम्मा ७८ दशमलब १६ प्रतिशत मात्रै टेलिकमले प्राप्त गर्ने र यसबाटै ६ प्रतिशत रोयल्टी तिर्नुपर्ने अवस्था रहेको छ। टेलिकमले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, त्रिशूली–३ बी जलविद्युत् आयोजना र राष्ट्रिय विद्यु्त उत्पादन कम्पनीमा लगानी गरेको पोखरेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्