प्रिया र दिलिशा योङस्टार डान्सर



प्रिया छन्त्याल र दिलिशा गुरुङ योङस्टार डान्स कम्पिटिसन पाँचौं सिजनका उपाधि विजेता भएका छन्। प्रिया सिनियर र दिलिशा जुनियरतर्फको उपाधि विजेता भएका हुन्। उपाधि विजेता भएबापत दुवैले पुरस्कारस्वरूप जनही ५० हजार रुपियाँ पाएका छन्।

सनसाइन प्रोडक्सन हाउसले राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा सिनियरतर्पm विष्णु दगामी मगर, पुसम गिरी र आयुष तामाङ क्रमशः फस्ट, सेकेन्ड र थर्ड रनर्सअप भए भने जुनियरतर्पm तेजिना जुगजाली मगर, दिया श्रेष्ठ र रिमिशा गुरुङ क्रमशः फस्ट, सेकेन्ड र थर्ड रनर्सअप चुनिए।

दुवै समूहका यी विजेतालाई नगद पुरस्कारस्वरूप क्रमशः ३०, १५ र ५ हजार रुपियाँ प्रदान गरिएको छ। आयोजक सनसाइन प्रोडक्सनकी निर्देशक तथा गायिका प्रमिला तामाङका अनुसार काठमाडौं र अरू ६ स्थानमा भएका अडिसनमा १२ सय बालबालिकाले सहभागिता जनाएका थिए। उत्कृष्ट ४० को चरणदेखि सहभागीहरुलाई सिनियर र जुनियर समूहमा विभाजन गरिएको थियो। फाइनल भिडन्तमा सिनियरतर्फ ७ र जुनियरमा ९ जनाले आफ्ना नृत्यकला प्रस्तुत गरेका थिए। प्रतियोगिताभर नारायण रिजाल र कृष्ण पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्