क्युबामा सडक दुर्घटना ५५ घाइते



हवाना, ७ चैत । पूर्वी क्युबाको बायामो सहरको बाहिरी इलाकामा भएको एक सडक दुर्घटनामा कम्तीमा ५५ व्यक्ति घाइते भएका छन ।

आइतबार बिहान भएको यो यात्रुबाहक बस दुर्घटना चालकले नियन्त्रण गुमाउँदा भएको बताइएको छ ।

सो बस सान्टीयागो डे क्युबाबाट देशको दोस्रो ठूलो सहर नुएभिटातर्फ गईरेहको थियो । यस दुर्घटनमा घाइते भएका मध्ये दुई जनाको अवस्था भने चिन्ताजनक भएको बताइएको छ ।

घाइते सबैलाई नजिकैको स्थानीय अस्पतामा उपचारार्थ लगिएको छ । घाइते भएका व्यक्तिहरुमा एक १८ महिने बालकसहित ६ बालबालिका र पाँच बृद्ध रहेका जनाइएको छ । रासस /सिन्हवा

प्रतिक्रिया दिनुहोस्