चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ



मेलम्ची, ७ चैत । चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले आज दुई युवालाई पक्राउ गरेको छ ।

चोरीको बा५२प ९४२७ नंको १५० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ ।

उक्त चोरीको मोटरसाइकल भक्तपुर सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, चौतारा पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्