महद्धारा गोरखामा मानव सेवा आश्रमको शुभारम्भ



गोरखा, (नेस)। ख्यातिप्राप्त हास्य जोडी मदनकृण श्रेष्ठ र हरिवंश आचार्यले शनिबार गोरखामा स्थापित मानव सेवा आश्रमको शुभारम्भ गरेका छन्। आश्रमका प्रमुख संरक्षक गोविन्द टण्डनसँगै मह जोडीले त्यसको शुभारम्भ गरेको हो। गोरखा र आसपासका क्षेत्रका मानसिक सन्तुलन गुमाई साहरा नपाएकालाई सेवा दिने उदेश्यले उक्त आश्रमको स्थापना गरिएको आश्रमका संस्थापक अध्यक्ष राम्जी अधिकारीले बताए।

२०६९ साल भदौ मा मकवानपुरको हेटौँडा बाट सुरु गरिएको यो आश्रमको निर्माणको काम अहिले देशका विभिन्न जिल्ला हुँदै गोरखामा स्थापना भएको हो। मह जोडी आश्रमको सद्भावना दुत रहेको छ।

शुभारम्भपछि बोल्दै मह जोडीले सहारा नपाएका मानिसलाई सहारा दिई सामान्य मानिसको जीवनमा पुनः ति मान्छेलाई फर्काउने उदेश्यले आश्रम स्थापना भएकोले सबै गोरखालीहरूले उक्त आश्रमलाई सहयोग गर्न‘पर्नेमा जोड दिए। कार्यक्रममा मह जोडीका साथमा सहायक प्रमसख जिल्ला अधिकारी केशवराज शर्मा, आश्रमको अभिभावक परिवारका शितलकाजी मास्के, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीलगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरूले मन्तब्य ब्यक्त गरेका थिए। शुभारमभ कार्यक्रमकै अबसरमा गोरखाका विभिन्न परोपकारी मनहरूले सहयोग गरेका छन्। कोहीले लत्ताकपडा कोहीले नगद रकम समेत सहयोग गरेको आश्रमकका संस्थापक अध्यक्ष अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्