बच्चन परिवार एकै पर्दामा



ऐश्वर्यालाई पितृशोक
यदि तपाईं बलिउडका बच्चन परीवारको फ्यान हुनुहुन्छ भने तपार्इंको लागि एक खुशीको खबर छ। अब अमिताभ, अभिषेक र ऐश्वर्या बच्चन मात्र नभई जया बच्चन गरी बच्चनको पुरै परिवार एकै फिल्ममा देखिने भएका छन्।

अनुराग कश्यपले निर्माण गर्न लागेको फिल्म गुलाब जामुनमा उनीहरू एकै साथ देखिन लागेका हुन्। फिल्म अनुरागको सहायकले निर्देशन गर्नेछन्। पछिल्लो दिन बच्चन परिवारलाई फिल्मको स्क्रिप्ट सुनाइएको थियो। जुन स्क्रिप्ट अभिषेक, ऐश्वर्या र अमिताभलाई ध्यानमा राखेर लेखिएको थियो। पछि जया बच्चनलाई पनि फिल्ममा राख्ने फौसला भएपछि उनलाई स्क्रिप्ट सुनाइएको र स्क्रिप्ट मन परेपछि उनले फिल्म खेल्न स्विकार गरेको भारतिय सञ्चार माध्यमले जनाएको छ।

पछिल्लो समय अभिषेक फिल्ममा देखिएका छैनन्। उनको फिल्मी करीयर लगभग सकिन लागिसकेको अवस्थामा छ। अभिषेकले जस्तो पायो त्यस्तो फिल्म नगर्ने निर्णय लिएको समाचारमा उल्लेख छ। तर समस्या यहाँनिर छ कि शानदार फिल्मको लागि उनलाई कसैले पनि अफर गरीरहेका छैनन्। घटिया फिल्ममा काम गर्नु भन्दा घरमै बस्न उचित सम्झेर उनी चुप छन्। गुलाब जामुनको स्क्रिप्टमा यस कारण पनि अमिताभ र अभिषेकले काम गर्न चाहे कि जसबाट अभिषेकको करीयर फेरी सम्हालिनेछ। अमिताभ चाहन्छन् कि आफ्नो करियर अघि बढाउनको लागि अभिषेकले कोशिष जारी राखुन्।

यसैबिच ऐश्वर्या रायलाई पितृशोक परेको छ। उनको पिता कृष्णराज राएको शनिवार ४ बजे निधन भएको छ। शनिवार राती करीव साँढे आठ बजे भएको अन्तिम संस्करणमा ऐश्वर्याको साथमा अभिषेक बच्चन, अमितभ बच्चन सलमान खान, सञ्जय लिला भञ्साली, रणविर कपुर, फरहान खान, रणधिर कपुर, आषुतोश गोवारीकरजस्ता कलाकार सहभागी थिए। ऐश्वर्या आफ्नो पिताको निकै नजिक थिइन्। पिताको अन्तिम संस्कारमा सहभागी हुने समयमा उनी आफुलाई नियन्त्रण गर्ने प्रयास गर्थिन्। तर उनको आँशुले भरिएको आँखाले भने उनको पिडा देखाईरहेको थियो।

क्यान्सर पीडित ऐश्वर्याको पिता केही हप्ता अघिदेखि उपचारको लागि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए। आफ्नो पिताको उपचारको क्रममा ऐश्वर्या एक छोरी र आमा दुवैको भुमिका निभाईरहेकी थिइन्। छोरी आरध्याको पुरा ध्यान राखेर पिताको पनि ख्याल राख्थिन्।

प्रतिक्रिया दिनुहोस्