तीन हप्तामा कार्यकारीको सरुवा



कुमार श्रेष्ठ, बाँके
पालगन्ज उप महानगरपालिकाका कार्यकारी प्रमुख सरुवा भएका छन्। फागुन १७ गते नेपालगन्जमा हाजिर भएका कृष्णप्रसाद चापागार्इंलाई सरकारले सरुवा गरेको उपमहानगरपालिकाका प्रशासन फाँट प्रमुख राजकुमार कार्कीले बताउनुभयो। कार्यकारी अधिकृत चापागाईं आइतबार हाजिरी गरेर मन्त्रालयतर्फ गएका छन्। ‘अहिलेलाई बिदा भनिएको छ। आउने वा नआउने थाहा छैन, कर्मचारीहरू भन्छन्– ‘उहाँको सरुवा भएर नेपालगन्जमा भीमबहादुर कुँवर आउने कुरा छ। त्यस्तो पत्र भने आइसकेको छैन।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री फेरिनेबित्तिकै नेपालगन्ज उपमहानगरपालिकाको कार्यकारी परिवर्तन हुने प्रचलन नै बनेको देखिन्छ। चापागाईंभन्दा अघि नौ महिनामा दुई हाकिम फेरिएका थिए। ‘एउटा हाकिमले १९ दिनदेखि ६ महिनासम्म मात्रै काम गर्ने अवसर पाउँदा नेपालगन्जको विकासको गति के होला? –सर्वत्र चिन्ताको विषय बनेको छ।

नेपालगन्जमा पछिल्लो पटक नेपालगन्ज निवासी लोकबहादुर सुनारले मात्रै दुई वर्ष काम गरेका थिए। त्यसपछि आएका विष्णु भुसाल एक वर्षमै लखेटिए। मालपोत कार्यालय, बाँकेबाट ‘पावर लगाएर आएका विष्णुलाई कमल थापा उपप्रधान एवं स्थानीय विकासमन्त्री नै भएको बेलामा सरुवा गरिएको थियो। अनि आए, हेमराज भुसाल। हेमराज पाँच महिना नपुग्दै मन्त्रालय फिर्ता भए। दशैंमा कर्मचारीले तलव खाना नखाउने अवस्था आएपछि गिरिराज ज्ञवाली नेपालगन्ज उपमहानगरपालिकाको कार्यकारी भएर आए। ज्ञवालीको चार महिनामै सरुवा भयो। त्यसपछि आएका चापागाईंले १९ दिनमै जिल्ला छोडेका छन्।

स्थानीय विकासमन्त्री फेरिनेबित्तिकै कार्यकारी परिवर्तन हुने र कुनै पनि हाकिमलाई दुई वर्ष टिक्न नदिने स्थानीय कर्मचारीको प्रवृत्तिले गर्दा नेपालगन्जको विकासमा ठेस लागेको छ। ‘टुरिस्ट को रूपमा आउने हाकिमले गर्दा नेपालगन्जको हुनुपर्ने विकास हुन नसकेको स्थानीय अगुवाहरू बताउँछन्। हाकिमले आफैं योजना बनाएर कार्यान्वयन गर्न पाएका छैनन्। ‘हाकिम आउँछन्। यहाँको वातावरण बुझ्न नपाउँदै सरुवा हुन्छन्, एक कर्मचारीले भने, यस्तो भएपछि नेपालगन्जको विकास कसरी हुन्छ ?

नेपालगन्जमा थुप्रै चुनौती छन्। प्रमुख चुनौती फोहोर व्यवस्थापन छ। आन्तरिक आय विस्तारका चुनौती छन्। टुरिस्टका रूपमा हाकिमले यहाँको यस्ता गहन चुनौतीलाई ध्यान दिन सकेको पाइँदैन। उसको काम कर्मचारीको तलब निकासा मात्रै भइरहेको छ।

एसियाली विकास बैंकको सहयोगमा नेपालगन्जको मुख्य सडक फोरलेन र भित्री सडकको स्तर उन्नतिका काम भइरहँदा झन् हाकिमको छिटोछिटो सरुवा भइरहेका छन्। नेपालगन्जका लागि केही गरेर देखाउँछु भन्ने भन्दा पनि आफूले भनेको मान्छ कि मान्दैन भन्ने खोज्ने प्रवृत्तिले गर्दा समग्र विकास पछाडि धकेलिएको छ।

प्रतिक्रिया दिनुहोस्