सिँचाइका लागि नयाँ प्रविधि भित्रियो



सरिता चलाउने, सल्यान
सल्यानमा सिँचाइका लागि नयाँ प्रविधिको प्रयोग भएको छ। कुनै जमाना थियो वर्षाको पानीको भर परेर खेती गर्ने त्यसपछि खोलाको पानी कुलो बनाई टाढाबाट ल्याएर सिँचाइ गर्ने त्यसपछि डिजेल तथा विद्युत्को भरमा मोटर चलाएर पानी तानेर खेतीपाती गर्ने तर त्यो भन्दा पनि नयाँ प्रविधि सल्यानमा जडान भएको छ।

विज्ञान र प्रविधिको विकास गर्न सकिएमा त्यसले हाम्रो जीवनलाई सरल बनाउँछ। मान्छेले सरल यन्त्रको प्रयोगबाट ठूलाठूला कामहरू सजिलै गर्न सक्छन्।

त्यसैकारण मान्छेको जीवनशैली सजिलो पनि बनेको छ। सल्यानको बागचौर नगरपालिका–२ जिउलामा हाइड र्याम पम्प जडान भएपछि २ सय मिटर माथिसम्म खोलाको पानी कुनै पनि खर्च नगरी पुगेको छ। खोलाबाट २ सय मिटरमाथि रहेको खेतमा सिँचाइको समस्या भएपछि स्थानीय किसानहरूले उक्त प्रविधिको पम्प जोडेका हुन्।

यो प्रविधि जोडिसकेपछि ताजा तरकारी बाली विकास कृषि समूहका अध्यक्ष धर्मराज डिसी साह्रै खुसी हुनुभएको छ। वर्षायाममा मात्रै तरकारी उत्पादन गरी बजार लिने आफूहरू हिउँदमा मुहानको थोरै पानीको सिँचाइमा थोरै मात्र तरकारी खेती गरेकोमा अब हिउँदयामामा पनि मनग्य आम्दानी गर्न पाउनेमा विश्वस्त हुनुहुन्छ। उहाँले थप्नुभयो– ‘नजिकै बजार छ हामी जिल्लाकै २ नं. समूहले नजिकै बजार भए पनि मागअनुसारको तरकारी उत्पादन गर्न सकेका थिएनौं अब सक्नेछौं।

उहाँ भन्नुहुन्छ– ‘हामीले वर्षामा तरकारी खेती गथ्र्यौं तर हिउँदमा तरकारी रोप्नलाई सिँचाइ नहुने भएपछि गहुँ लगाउन बाध्य हुन्थ्यो त्यो समाधान हुने भएको छ। पानीकै प्रेसरले पानी माथि जाने भएकाले यो प्रविधि सजिलो र किसानका लागि लाभदायिक हुने भन्दै उहाँले १ मिनेटमा १५ लिटरसम्म पानी भरिने भएकाले खेतीपातीका लागि पानी पनि प्रसस्त हुने बताउनुभयो। किसानहरूले तरकारी उत्पादनका लागि चासो दिए पनि सिँचाइको समस्याले उत्पादनमा समस्या तर यसको समाधान भएको उहाँको भनाइ छ।

यो प्रविधि जडान गरेपछि नियमित सञ्चालन हुने योगी इन्जिनियरिङ वर्कसपका प्राविधिक सुमननाथ योगी भन्नुहुन्छ। उहाँले भन्नुभयो– ‘यो हाइड र्याम पम्प प्रविधि जडानमा थोरै रकम लागे पनि अपरेटिङमा कुनै खर्च हुँदैन। अबको आर्थिक उन्नतिका लागि कृषि क्षेत्रमा विकास गर्नुपर्ने भन्दै उहाँले कृषिको विकासका लागि हाम्रा पाखाहरूमा खोलाहरूको पानी लिएर सिँचाइ गरी खेती गर्न सके आर्थिक उन्नति हुने बताउनुभएको छ।
यो प्रविधिको बारेमा जानकारी दिँदै प्राविधि योगी भन्नुहुन्छ– ‘यो प्रविधि भनेको कुनै पनि बाह्य शक्तिको प्रयोगविना पानीकै शक्तिले मात्र चल्ने प्रविधि हो।

यसमा कम उचाइबाट खसालिएको धेरै पानीको शक्तिले थोरै मात्र पानीलाई निश्चित उचाइसम्म पुर्याउन सकिन्छ र यसको मर्मतसम्भार पनि सजिलो छ।
वर्षामा आकासे पानीको भरपर्ने उक्त स्थानका किसानका लागि बेमौसमी तरकारीखेती गरेर आर्थिक आय आर्जन गर्न सजिलो हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्