दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हरायो



लन्डन, (एजेन्सी)
वेलिङटनमा भएको दोस्रो टेस्टमा दक्षिण अफ्रिका विजयी भएको छ। दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्यान्डलाई ८ विकेटले हराएको हो। यो जितमा बायाँहाते स्पिनर केशव महाराजले करिअरकै उत्कृष्ट प्रदर्शन गरे। २७ वर्षीय बलरले ६ विकेट लिन ४० रन दिएपछि ब्ल्याक क्याप्स् १ सय ७१ रनमा अलआउट
भएको थियो।

महाराजले आफ्नो टोलीलाई सहज लक्ष्य दिलाउन सहयोग गरे। दक्षिण अफ्रिकाले ८१ रनको लक्ष्य मात्र २ विकेटको क्षेतिमा भेटायो। २५ ओभर ब्याटिङ गरेको टोलीका लागि हसिम अमला ३८ रनमा र जेपी डुमिनी १५ रनमा नटआउट रहेका थिए। यो जितले दक्षिण अफ्रिकाले तीन टेस्टको शृंखलामा १–० ले अग्रता लिएको छ। तेस्रो तथा अन्तिम टेस्ट ह्यामिल्टनमा शुक्रबारदेखि खेलिनेछ। पहिलो टेस्ट भारी वर्षाको कारण रद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्