भारतको गतिलो जवाफ



शीर्ष क्रमका ब्याट्सम्यान चेतेश्वर पुजाराको नटआउट शतकको सहयोगमा भारतले अस्ट्रेलियाको पहिलो इनिङ ४ सय ५१ रनलाई गतिलो जवाफ फर्काउने कोशिस गरिरहेको छ।

तेस्रो दिन राँचीमा शनिबारको खेल समाप्तिसम्म भारतले ६ विकेटको क्षेतिमा ३ सय ६० रन जोडेको छ। जसमा पुजारा १ सय ३० रन बनाएर अस्ट्रेलियन बलरको सामना गरिरहेका छन्। त्यस्तै अर्को इन्डमा रिद्दिमान साहाले उनलाई १८ रन बनाएर साथ दिएका छन्। भारत अस्ट्रेलियासँग ९१ रनले पछाडि छ। भ्रमणकारी टोलीमा प्याट कामिन्सले सर्वाधिक ४ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्