पूर्वेली भाकामा केकी



पूर्व मोरङका गायक मिलन श्रेष्ठ पप तथा आधुनिक शैलीका गीत गाएर स्रोतामाझ स्थापित भएका छन्। उनै गायक यति बेला पूर्वेली भाकाको गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन्।

उनको मायालाई चिनो बोलको गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जित्न सफल पनि भएको छ। युट्यबमार्फत् सार्वजनिक गरिएको उक्त भिडियोमा गायक श्रेष्ठका साथमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन्। पूर्वेली भाकामा आधारित यो गीतलाई अहिलेको लोकप्रिय संगीतकार राजनराज शिवाकोटीले संगीतबद्ध गरेका छन्। गीतमा संगीतकार शिवाकोटीकै शब्द सुन्न सकिन्छ। सहस शाक्य यो गीतका संगीत संयोजक हुन्। यो गीत गायक श्रेष्ठको पछिल्लो एल्बम मिलन गीता–२ मा समावेश गरिएको छ।

विशाल भण्डारीद्वारा निर्देशित भिडियोमा अभिनेत्री केकी अधिकारी ग्रामीण सुन्दर युवतीका रूपमा प्रस्तुत भएकी छिन्। हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्