‘निर्णय सच्चिँदैन’



निर्वाचन आयोगले हिन्दूराष्ट्र र राजतन्त्र संविधानअनुसार कुनै पनि पार्टीले विधानमा राख्न नसकिने बताएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगले नियम र कानुनको आधारमा राप्रपाको विधानबाट राजतन्त्र र हिन्दूराष्ट्र हटाउने निर्णय गरेकाले कुनै पनि हालतमा नसच्याउने बताउनुभयो।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले नियम र कानुनअनुसार राप्रपाको विधानबाट राजतन्त्र र हिन्दूराष्ट्र हटाउने निर्णय गरिएको बताउनुभयो। ‘संविधान र कानुनले व्यवस्था गरेअनुसार नै आयोगले निर्णय गरेको हो’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आयोगले कुनै पनि राजनीतिक दलहरूसँग पूर्वाग्रह राखेर काम गर्दैन।’ निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले संविधानको धारा र कानुनअनुसार गरेको निर्णयप्रति चित्त नबुझे निर्णय सच्याउन कानुनी उपचार खोज्न सकिने बताउनुभयो। उहाँले आयोगले गरेको निर्णय नसच्याउने पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्