डीपीएललाई गोल्डस्टारको साथ



काठमाडौं, (नेस)

बहुप्रतीक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सहायक प्रायोजकका रूपमा किरण सु म्यानिफेक्चरको उत्पादन गोल्डस्टार सु जोडिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा किरण सु म्यानिफेक्चरका निर्देशक विधुषी राणाबीच शुक्रबार काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार सहायक प्रयोजकका रूपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख बराबरको स्पोन्सर गर्ने सहमति भएको निर्देशक राणाले बताइन्। एकेडेमीका अध्यक्ष सुवास शाहीले नेपाली क्रिकेटका लागि गोल्डस्टारको प्रयासलाई सराहना गरे। सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग आगामी चैत्र २७ देखि वैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुँदै छ।

प्रतिक्रिया दिनुहोस्