भारतीय राष्ट्रपतिद्वारा मोदीको प्रशंसा



नयाँ दिल्ली,(एजेन्सी)

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘एउटा असल अध्यता’ र सबै विषयमा ‘गहिरो ज्ञान’ रहेको व्यक्ति भनी प्रशंसा गरेका छन् ।

अन्तर्रा्ष्ट्रिय सम्बन्ध होस् वा अर्थतन्त्रका विषयमा होस् प्रधानमन्त्री मोदीको राम्रो ज्ञान छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याएर जित्न सक्छन् तर शासन गर्न सहमति निर्माण गर्नु आवश्यक छ । प्रधानमन्त्री मोदीको यो पक्ष पनि साह्रै सबल छ ।”

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बैठकका अवसरमा भारतीय राष्ट्रपति मुखर्जीले भनेका छन् । मोदीजीसँग कुनै पनि विषयमा बहस गर्ने वा समस्याको समाधान निकाल्ने आफ्नै शैली छ र यसका लागि उनको प्रशंसा गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्