झरीमै फेसन परेड



मनसुन शुरु हुँदै छ, मौसमले यसको राम्रै संकते गरिरहेको छ। वर्षात्को मौसम शुरू हुनुअघि परेको झरीका बीच पनि मोडलहरू फेसन शोमा बिरालोको चाल मार्दै र्याम्पमा उत्रिएका छन्।

धरानमा भएको फेसन परेड सिजन २ मा अनप्लग्ड आवाजले हालैको एक साँझ पानी पर्यो बोलको गीत गाएको थियो, वर्षात्ले तहल्का मचायो। पानी यसरी दर्कियो कि कार्यक्रममै बाधा परेपछि त्यस दिनका लागि स्थगित नै गर्नुपर्यो। त्यस दिनका लागि स्थगित भएको कार्यक्रमलाई आयोजक भिन्टेन्ज इभेन्टले भोलिपल्ट फेरि सम्पन्न गर्नुपर्यो।

त्यो साँझसमेत पानी पर्लाजस्तो भए पनि मौसमले साथ दिएपछि नयाँ सेटअपसहित बेलुकी ७ बजे बाट कार्यक्रम शुरूआत भएको थियो। धरान–१५ स्थित इजी राइडर्स होटेलको खुल्ला प्रांगणमा भब्य स्टेज र साठी फिट लामो र्याम्पमा काठमाडौं र धरानका मोडलहरूले बिरालोको चाल मारे। काडमाडौं र धरानका मोडलहरू सोनी श्रेष्ठ, मुना गौचन, अल्का राई, वर्षा थकाली, अनिशा शाही, आयुष्मा रानी सिंह, सन्दिपा लिम्बू, दिपिका श्रेष्ठ, अस्मिता खड्गी, सरु लिम्बू, राकेश लाम्कादे ,मिलन चन्द्र राई, सम्राट भण्डारी, कौशल भगत प्रधानाङग, सौगात राईलगायतका दर्जन बढी पुरुष तथा महिला मोडहरूले र्याम्प नापेर दर्शकलाई उत्साहित गराए। मोडलहरू सारी, लेहंगा र ट्रेडिसनल सिक्वेन्समा र्याम्पमा उत्रिएका थिए।

सबै डिजाइनहरू जियाज क्रियसनका अस्मि साम्पाङ र जिया तामाङको डिजाइनमा तयार भएका थिए। त्यस दिनको शोमा पनि अन्त्यमा आएर सिमसिम पानी पर्न थालेपछि एक सिक्वेन्स छोटाएर शोस्टपरका रूपमा मिस नेपाल २०११ तथा नायिका मलिना जोशी तथा नायक एवं म्यानहन्ट इन्टरनेसनल नेपाल २०१३ लाई र्याम्पमा उत्रिएका थिए। सिमसिम पानी दर्कन थालेपछि भने उनीहरू छिटो–छिटो स्टेजबाट निस्कन बाध्य भएका थिए। वर्षात्का कारण उनीहरूलाइ दर्शकले राम्रोसँग हेर्न भने पाएनन्।

पानी दर्केपछि हलभित्र राखिएको पार्टीमा दुवैजना आप्mना प्रसंसकहरूसंग फोटो खिचाउनमा व्यस्त देखिन्थे। भिन्टेन्ज इभेन्टसको आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यस्थापनमा सम्पन्न भएको कार्यक्रमको शुरूआत र बीचमा धरानको माइवे क्रिउको डान्स, धरान फिटनेसको जुम्बा, सुमित क्षेत्रीको विटवक्सको आनन्द धराने दर्शकले लिए। त्यसबीचमा वोनम्यारोबाट सेल उत्पादन नहुने रोगबाट पीडित सविन राईलाई आयोजक भिनटेज इभेन्ट्सका एसडब्लु लामिछानेले ११ हजार रुपियाँ प्रदान गरेपछि सोही समयमै विराटनगरका कविन श्रेष्ठ र धिरज कार्कीले एक लाख रुपियाँ दिने घोषणा गरे भने धरानका सोहन मास्केले १० हजार रुपियाँ सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्