दुवै समूह प्यानलसहित मैदानमा



नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी

दीपेन्द्र थापा, हेमन्त जोशी, काठमाडौं

पाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वका लागि दुई वटा समूह चुनावी मैदानमा उत्रिएका छन्। महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएपछि यसपटकदेखि महासंघमा वरिष्ठ उपाध्यक्षको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुनेछ।

चैत २८ गते हुने महासंघको निर्वाचनमा शेखर गोल्छा र किशोर प्रधानले प्यानलसहित मैदानमा उत्रिने करिब निश्चित भइसकेको छ। प्रधान समूहले दुई साता अघि नै विराटनगरबाट आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छ भने गोल्छा समूहले आइतबार बुटवलबाट आफ्नो प्यानलको घोषणा गर्ने कार्यक्रम रहेको छ। दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आफूलाई महासंघका पूर्वअध्यक्षहरूको साथ रहेको बताउँदै आएका छन्। वरिष्ठ उपाध्यक्षका दुवै प्रत्यासीले नेपाल समाचारपत्रसँग आफ्ना एजेन्डा प्रस्तुत गरेका छन्।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार शेखर गोल्छा भन्नुहुन्छ्–‘मैले महासंघमा एक दशकभन्दा बढी बिताइसकेको छु। पहिले पनि उपाध्यक्ष भएर काम गरिसकेको छु। समयक्रमसँगै मैले उम्मेदवारी दिएको छु। महासंघलाई केही दिएर जाने मेरो सोच रहेको छ। उम्मेदवारीसँगै मैले केही एजेन्डाहरूलाई अगाडि सारेको छु। पहिलो भवानी राणाको कार्यकाललाई पूर्णरुपमा सफल बनाउनु, दोस्रो अन्तर्राष्ट्रिय क्षेत्रसँग संमन्वय गरेर जिल्ला नगरहरुका लागि विभिन्नखाले कार्यक्रम लिएर आउने। यसमा जिल्ला नगरका व्यवसयाीहरूको दक्षता वृद्धि गर्ने, विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय क्षेत्रसँग पहल गरी नेपालको प्रतिनिधित्व गर्ने रहेको छ।

त्यस्तै एक दशकसम्म महासंघमा बसेर काम गर्दा केही विषयहरू खड्किएका छन् जस्तै श्रम ऐन, कालोबजारी ऐन, कम्पनी ऐन, सामाजिक सुरक्षा ऐनलागायतका विषयमा काम गर्न बाँकी छ, केही सुधार र परिमार्जन गर्नेपुर्ने आवश्यकता देखिएको छ त्यसलाई पूरा गर्ने तथा सचिवालयको सुधार गर्ने रहेको छ।

चुनावमा जे पनि हुनसक्छ, म आफ्नोतर्फबाट मेहेनत गरिरहेको छु। मलाई लाग्छ, मैले महासंघमा केही न केही दिएर जाने व्यक्ति हुँ। त्यसैले गर्दा जिल्लाबाट आउने प्रतिनिधिसंँग पनि मेरो सम्पर्क राम्रै छ। एसोसिएटमा मैले उहाँहरुसंँग लामो समय काम गरेको छु। बन्द, हड्तालका बेला पनि बाणिज्य क्षेत्रको हितका लागि काम गरेको छु। वस्तुगततर्फका साथीहरुले पनि मलाई धेरै विश्वास गर्नुभएको छ, मैले उहाँहरुलाई निराश गर्दिन।

म भवानी राणाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष हुन्छु भन्ने विश्वास छ। हाम्रो समूहबाट एसोसिएटमा चन्द्र ढकाल र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्लानगरबाट दिनेश श्रेष्ठ उपाध्यक्षको उम्मेदवार हुँदै हुनुहुन्छ। म चुनावलाई नराम्रो मान्दिन, यो एउटा प्रजातान्त्रिक प्रक्रिया हो। हाम्रो समस्या के छ भने, जित्ने मान्छेले अहंंकार गर्छन्, हार्ने मान्छेले प्रतिशोेध साँध्छन्। यो हुुनु हँुदैन नत्र प्यानल बनाउनु चुनाव लड्नु र व्यापारिक रुपमा राजनीति गर्नु पनि प्रजातन्त्रकै सवल पक्ष हो।’

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उम्मेदवार किशोर प्रधान भन्नुहुन्छ–‘हामीले उद्योग बाणिज्य महासंघको समस्त व्यावसायिक र आर्थिक उन्नतिका लागि जोड दिएका छौं। अहिले भइनसकेका र थाँती राखिएका विषयको परिपूर्तिका गर्नु आवश्यक छ। साना तथा मझौला उद्योगी व्यवसायीहरूको समस्या र ठूला व्यवसायसंँग एकीकरण गर्ने हाम्रो एजेन्डा रहेको छ, जस्तो कि साना तथा मझौला उद्योगीलाई कसरी ठूला व्यवसायी बनाउनेतर्फ हामीले महासंघको नेतृत्वदायी भूमिका निभाउन भन्नेमा केन्द्रित हुने छांै। देशमा अहिले असहज परिस्थति हुँदाहुँदै उद्योगी व्यवसायीले मुलुकको विकासका लागि ठूलो सहयोग गरिरहेको छ। त्यो सहयोगको उचित मूल्यांकन राष्ट्रबाट दिलाउने दायित्व पनि हाम्रो रहन्छ।

मुलुकमा विभिन्न संकटका बेला पनि देशका कुनाकाप्चामा पुगेर आफ्नो दायित्व पूरा गर्यौतर त्यसको उचित मुल्यांकन भएन। त्यस्तो अवस्थामा पनि उद्योगी व्यवसायीको मूल्यांकन सरकारबाट भएन। नाकाबन्दीका बेला पनि धेरै उद्योगी व्यवसायीहरू पीडित भएका थिए। त्यसको पनि उचित मूल्यांकन हुन सकेन साथै सरकारले गर्न सकेन। हाल देखिइरहेको करको समस्या, बंैकिङ तरलताको समस्याका बारेमा सरकारसँग छलफल गरेर कसरी व्यवसायीको हितमा निर्णय गराउने भन्ने हाम्रो एजेन्डा छ। हामीले साना तथा मझौला उद्योगका समस्या र वस्तु निर्यातमा वृद्धिका लागि जति पनि सरकारसंँग गर्नपर्ने सहकार्य गर्ने विषयमा हामीले ध्यान दिएका छौ। विदेशिने युवालाई नेपालमै बढीभन्दा बढी रोजगारीको सिर्जना गर्नका लागि कृषि क्षेत्र र यसको आधुनिकीकरणमा बढी जोड दिने हाम्रो एजेन्डा हो।

त्यस्तै उत्पादित वस्तुलाई राज्यले नै खरिद गर्ने, स्वदेशी वस्तु उपभोगको वातावरण सिर्जना गर्नेलगायत जलस्रोत, पर्यटन जस्ता क्षेत्रको एकीकृत विकासका लागि सरकारसँंग सहकार्य गर्ने हामीले अठोट लिएका छौ। नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय सुदृढीकरण हाम्रो अर्को एजेन्डा हो। अहिलेको सचिवालय अपडेट हुन नसक्दा सेवा प्रवाहमा उत्पन्न कठिनाई हटाउनुपर्ने देखिन्छ। जिल्ला, नगर उद्योग वाणिज्य महासंघ, एसोसिएट र वस्तुगतहरुले पाउनुपर्ने सुविधाका लागि सबैलाई सम्बोधन गर्न खोजेका छांै।

जिल्ला र नगरमा एसोसिएटमा मैले २१ वर्ष काम गरेको छु। अनुभवलाई समष्टिगत रुपमा परिचालन गर्नसक्ने क्षमता भएको आधारलाई पनि लिन सकिन्छ। मैले विभिन्न पदमा रहेर गरेर गरेका कामको आधारमा पनि मैले बढी मत पाउने विश्वास लिएको छु। नेपाल कृषि महासंघको राष्ट्रिय अध्यक्ष भएर गरेका काम र देशको युवा जनशक्तिलाई नेतृत्वदायी भुमिका दिएको, उद्योग वाणिज्य महासंघ मोरङको अध्यक्ष भएकाले पूर्वाञ्चलका सम्पूर्ण उद्योगी व्यवसायीको आधार पनि मसँग छ। २१ वर्षसम्म महासंघको विभिन्न पदमा रहेर गरेको कामको विश्वास मसंँग छ।

हाम्रो समूहबाट जिल्ला नगरको उपाध्यक्ष प्रमोद श्रेष्ठ, वस्तुगततर्फ शंकरप्रसाद पाण्डे उम्मेदवार हुनुहुन्छ भने एसोसिएटतर्फको उपाध्यक्ष अबको एक दुई दिनमा घोषणा गर्ने छांै। प्यानलमा उम्मेदवारी भनेको प्रतिनिधिहरुको एक अर्कासंँग गरेको सहकार्य हो।’

प्रतिक्रिया दिनुहोस्