गुर्जुधारामा भयानक सडक दुर्घटना (अपडेट..)



रोविन पौडेल, गुर्जुधारा ।
काठमाडौंको गुर्जुधारास्थित भयानक सडक दुर्घटना भएको छ । यो संवाददाताले घटनास्थलबाट जानकारी दिए अनुसार थानकोट हुँदै कलंकी भित्रिएका ट्रकले अन्धाधुन्दा ठक्कर दिएको छ ।थानकोट हुँदै कलंकी तर्फ आएको ना ३ ख ९७७३ नम्बरको ट्रक बे्रक फेल भएर विपरित दिशाबाट आईरहेको बा ६९ प ६५७५ नम्बरको स्कुटरलाई ठक्कर दिई त्यही ट्रकले अर्को ट्रक मे १ ख २४३९ नम्बरको ट्रकलाई ठक्कर दिँई बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई समेत ठक्कर दिईएको बताईएको छ ।

प्रहरी चेक पोष्ट थानकोटका डिएसपी कृष्ण प्रसाद पंगेनीले मे १ ख २४३९ नम्बरको ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको र सनाखत हुन नसकेको जानकारी दिए । घटना लगतै प्रहरी आउनु अघि स्थानीयले घाइतेहरुको उद्धार गरेर अस्पताल पुर्याएकाले कति घाइते भए र कस्तो अबस्थामा छन् भन्ने यकिन भन्न नसकिने उनले बताए ।

प्रहरीले बुझे अनुसार हालसम्म १ जनाको मृत्यु भएको र घटनाको जानकारी लिईरहेको उनले जानकारी दिए । घाइतेहरुको सतुंगलको ओमअस्पताल, बयोदा र ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्