मेगा बैंकले बोनस दिने



नेपाल समाचारपत्र
काठमाडौं
मेगा बैंक नेपालले आर्थिक वर्ष २०७२⁄७३ को मुनाफाबाट शेयरधनीलाई करिब १४ प्रतिशत शेयर लाभांश (बोनस) दिने भएको छ। बैंकको बिहीबारसम्पन्न छैठौं साधारणसभाले बोनस शेयरका लागि लाग्ने करसमेत गरी १३ दशमलब ९५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको हो।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १३ दशमलब २५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर शून्य दशमलब ७० प्रतिशत नगद लाभांश व्यवस्था गर्ने निर्णय गरेको हो।

आर्थिक वर्ष २०७२⁄७३ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १३ दशमलब २५ प्रतिशत अर्थात ५३ करोड १६ लाख बोनस शेयर तथा सोको लागि आवश्यक करको निमित्त हालको चुक्ता पुँजीको शून्य दशमलब ७० प्रतिशत अर्थात २ करोड ८० लाख नगद लाभांश साभारणसभाले पारित गरेको छ। त्यस्तै साधारणसभाले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्