पुर्व कृषि सहायक मन्त्री मृत फेला



नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुंगेल काठमाडौंको दोविधारा स्थित नेवि संघको भवन नजिकै आफ्नै कोठामा मृत फेला परेका छन् ।

सधैँ सबेरै उठ्ने उनी बिहिबार अबेरसम्म नउठेपछि छिमेकीले केहि गडबडको भएको भन्दै उनका आफ्न्तीलाई बोलाएका हुन । ढोका भित्रबाट बन्द गरिएको थियो ।

अन्तिममा ठोका खोल्दा उनि बिस्तारामा लडिरहको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी महेश थापाले जानकारी दिए ।

२०५९ सालमा कृषि सहायक मन्त्री बनेका ढुंगेलले २०५६ सालमा रामेछाप–२ बाट चुनाव जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्