उपभोक्तालाई जागरुक बनाउनुपर्ने खाँचो औंल्याइयो



ललितपुर, (नेस)
उपभोक्ता अधिकारकाको प्रयोग गराउन आम उपभोक्तालाई निरन्तर जागृत गराउँदै लैजानुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

उपभोक्ता दिवसरमा राष्ट्रिय उपभोक्ता मञ्चको सहयोगमा जिल्ला प्रशासन कार्यालय ललितपुरले आयोजना गरेको एक कार्यक्रमका सहभागी वक्ताहरूले सो कुरा बताएका हुन्।

सो अवसरमा सभासद् चन्द्र महर्जनले उपभोक्ता अधिकारलाई सुसूचित गर्दै लग्नुपर्ने खाँचो औल्याउनुभयो।

प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले उपभोक्तालाई जागृत गराउनु आवश्यकतालाई मध्यनजर गरेर उपभोक्ता दिवस मनाइएको बताउनुभयो।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता दिवस मनाउने संघारमा सरकारले आम उपभोक्ताको ढाँड सक्ने गरी ग्यासको मूल्य बढाएको बताउँदै त्यस विरुद्ध उपभोक्ताहरू लाग्नुपर्नेमा जोड दिनुभयो। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले संघ एक उद्योगी र व्यवसायीहरूको संस्था भए आम उपभोक्ताको हक अधिकारको रक्षाका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभयो। यस पुल्चोकबाट शुरु भएको र्याली नटोल, गाबहाल, महापाल हुँदै मंगलबजारमा समापन गरिएको थियो। र्यालीमा विभिन्न टोल र वडाका महिला समुहको उल्लेख्य सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्