ट्विट नहटाउन ट्रम्पलाई चेतावनी



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले गरेका ट्विट मेट्ने गरिरहेकोमा कांग्रेसले आपत्ति जनाएको छ। यसै हप्ता कंग्रेसका दुई सदस्यले ह्वाइट हाउसलाई एक पत्र पठाउँदै ट्रम्प र उनका कर्मचारीले राष्ट्रपतिको आधिकारिक अकाउन्टबाट ट्विट मेट्नुले संघीय कानुनको उलंघन हुने चेतावनी दिएको ‘टिन ओग’ अखबारले जनाएको छ।

पत्रमा रियल डोनाल्ड ट्रम्प र सरकारी पोटस नामका दुवै अकाउन्टका ट्विट राष्ट्रपतीय रिकर्ड हुने भएकाले त्यसलाई संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। यदि ती मेटिएका ट्विट सुरक्षित गरिएको छैन भने त्यसले ट्रम्प र उनका स्टाफले राष्ट्रपतीय रिकर्ड नियमको उलंघन गरेको ठहरिने जनाइएको छ।

ट्रम्पले कार्यभार सम्हालेको २४ घन्टा नबित्दै ‘हनर्ड’ को गलत स्पेलिङका कारण एउटा ट्विट हटाएका थिए। त्यसपछि पनि उनले त्यस्ता गल्ती ट्विटहरु हटाउँदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्