ह्यारी मेरो छोरा होइनः जेम्स हेविट



सिड्नी, (एजेन्सी)
युवराज्ञी डायनकका पूर्वप्रेमी जेम्स हेविटले उनी राजकुमार ह्यारीका पिता नभएको प्रस्ट पार्दै यससम्बन्धी चलिरहेको हल्लालाई बन्द गरिदिएका छन्।

अस्ट्रेलियन टिभी कार्यक्रम सन्डे नाइटमा हालै मात्र देखिएका हेविटलाई उक्त पितासम्बन्धी हल्लाका विषयमा प्रश्न सोधिएको थियो। हेविटले उनको र प्रिन्सेस डायनाको अवैध सम्बन्ध रहेको भने स्वीकारेका थिए। उनीहरुबीचको रोमान्स सन् १९८६ मा उनी डायनाको घोडचढी प्रशिक्षक भएपछि नै शुरु भएको थियो।

त्यतिबेला राजकुमार ह्यारी २ वर्षको भइसकेका थिए। उनले भने– ‘यो विस्तारै लामो अवधिसम्म रह्यो, तर अचानक हामी एक–अर्कासँग पर्याप्त सँगै बस्न नपाउने वा चाहे जति एक–अर्कालाई हेर्न पनि नपाउने भयौं।’ हेविटले उनीहरुले सँगै बिताएका समयमा रमाइलो गरेको, नियमित जोडीले जस्तै बिताएको पनि बताए। उनले थपे– ‘म पकाउँथे र उनी सफासुग्घर गर्थिन्। बस खाने, आराम गर्ने र हास्ने।’

युवराज चाल्र्स क्यामिला पार्कर ओल्सको पछि लागेको हल्ला चलिरहेको समयमा नै उनीहरुबीचको चक्कर चलेको थियो। जेम्सलाई खाडी युद्धमा पठाएपछि उनी र डायनाको सम्बन्धमा विराम लागेको थियो।

प्रतिक्रिया दिनुहोस्