बरुण आलियाको स्वरको फ्यान



छोटो समयमै बलिउडमा आफ्नो मजबुत स्थान बनाउन सफल अभिनेत्री आलिया भट्टले बुधबार आफ्नो २४औं जन्मदिन मनाएकी छिन्। सन २०१२ मा स्ट्ुडेन्ट अफ द इयरबाट लगातार पर्दामा छाइरहेकी उनले अक्षय कुमार र प्रीति जिन्टाको फिल्म संघर्षबाट बलिउड डेब्यु गरेकी थिइन्। जुन सन् १९९९ मा प्रदर्शनमा आएको थियो। फिल्ममा उनले प्रीति जिन्टाको बच्चपनको भूमिकामा अभिनय गरेकी थिइन्। उनले उड्ता पंजाव, डियर जिन्दगी, कपूर एन्ड सन्स, सानदारजस्ता लगातार हिट फिल्महरू दिइसकेकी छिन्।

आलिया रियल लाइफमा निकै लाजालु युवती हुन्। उनी कुनै पनि नयाँ मानिसको सामना गर्न अप्ठेरो महसुस गर्छिन्। बाल्यकालमा आलियालाई आकलु भनेर उपनामाले बोलाउने गरिन्थ्यो। उनी सानो बेला निकै मोटी थिइन्। तर अहिले उनले आफ्नो वजनमा गरेको नियन्त्रणका कारण कसैले पनि यो नामले बोलाउन सक्दैनन्। फिल्म स्टुडेन्ट अफ द इयरमा खेल्नका लागि उनले निकै छोटो समयमा आफ्नो १६ किलो वजन घटाएकी थिइन्। त्यही बेलादेखि नै उनले कुनै पनि फिल्मको भूमिकाका लागि आफ्नो कपाल नकाट्ने कसम खाएकी थिइन्।

आलियाले आफ्नो अभिनयको अलावा आकर्षक लुक्सका लागि पनि अवार्ड पाएकी थिइन्। २०१२ मा उनलाई मस्ट डिजायरेबल विमेन तथा हट लिस्ट मस्ट प्रोमिसिङ फिमेल न्युकमरको अवार्ड दिइएको थियो। उनको आमा सोनी राजदान आधी कश्मीरी र जर्मन हुन् भने उनको पिता महेश भट्ट गुजराती हुन्।

उनीसँगै बलिउडमा प्रवेश गरेका अभिनेता बरुण धवनले आलियाका बारेमा केही नयाँ कुरा बताएका छन्। बरुणका अनुसार आलियालाई संसारभरिका विभिन्न किसिमका चियापत्ती संकलन गरेर राख्न पर्छ। उनी केवल ग्रिन टी मात्र होइन, विभिन्न किसिमका चियापत्ती किन्छिन्। उनलाई ह्वाइट टी मन पर्छ। त्यसै गरी वरुण आलियाको आवाजबाट प्रभावित छन्। उनी आलियाले गायनसम्बन्धी रियालिटी शोमा भाग लिएको हेर्न चाहन्छन्। एक रियालिटी शोमा उनले उक्त कुरा बताएका थिए। आलियाले फिल्म हाइवे, हम्टी शर्माकी दुल्हनिया, उड्ता पंजाबजस्ता फिल्ममा गीत पनि गाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्