हेटौंडामा उपभोक्ता अधिकार दिवस मनाइयो



हेटौंडा,(नेस) ।

‘उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पत्ति जीउज्यान’ भन्ने मूल नारासाथ विश्व उपभोक्ता अधिकार दिवस २०७३ हेटौंडामा मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट उपभोक्ता हक संरक्षणसम्बन्धि प्ले कार्डसहित ¥यालीले हेटौंडा बजार परिक्रमा गरी बुद्धचौकमा उपभोक्ता अधिकारसम्बन्धि कार्यक्रम गरिएको थियो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मादुवाडीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख वसन्त लामा, घरेलु कार्यालय प्रमुख पुष्कर भट्टराई, मउवा संघ अध्यक्ष राजकुमार न्यौपाने, जिल्लास्तरीय राजनीतिक दलका प्रमुख, उपभोक्ता अधिकारसम्बन्धि काम गर्ने संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले उपभोक्ता अधिकार तथा दिवसको औचित्यबारे प्रकाश पारेका थिए । मउवा संघ अध्यक्ष न्यौपानेले आफू व्यवसायी मात्र नभई उपभोक्तासमेत भएकाले यसको उपादेयताप्रति संघले कार्य गरिरहेको बताए । अध्यक्ष न्यौपानेले उपभोक्तालाई सचेत गराउने कार्यका लागि संघलाई साथ दिन आग्रह गरे ।

आपूर्ति मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । स्थानीय निकाय, संघसंस्थासहित संयुक्त टोलीले हेटौंडा बजारमा उपभोक्ता जागरणमुखी अवलोकन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्