स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दा कार्यालयको काममा समस्या



गाउँपालीका र नगरपालीको छाप बनाउँदै स्थानिय व्यवसायि, छाप र लेटर प्याड नयाँ बनाउनुपर्ने भएपछि व्यवसायि भ्याई नभ्याई भएको छ ।तस्विर / रविन भट्टराई,ताप्लेजुङ

रविन भट्टराई,ताप्लेजुङ ।

सरकारले गत शुक्रबार देखिनै स्थानीय निकायलाई तहमा रुपान्तरण गरी सोहि अनुसार काम गर्न सबै जिल्लामा निर्देशन दिए पनि ताप्लेजुङमा कार्यन्योयन प्रकृया सुस्त हुँदा स्थानियले सास्ति पाएका छन् ।

जिल्लामा साविकको स्थानीय तहको संरचनामा फेरबदल गर्दै स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै सर्वसाधारणले स्थानीय निकायबाट पाइरहेको सेवा प्रभावित भएको छ । गाउँ विकास समितिहरु गाउँपालिका र नगरपालिका जस्ता तहमा परिणत भएकाले स्थानीय तहको काम प्रभावित बनेको हो ।

कर्मचारी, लेटरप्याड र छापजस्ता सामग्रीको अभावमा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् भने कर्मचारीमा सिफारीस प्रकृयाको पनि अन्योलता पाईएको छ । कर्मचारी अभाव, भौतिक संरचना नहुनु र नागरीकलाई पनि स्थानिय तहको विषयमा ज्ञान नहुँदा जिल्लामा स्थानिय तहले नागरीक र कर्मचारीमा अन्योलता ल्याएको स्थानिय सञ्चारकर्मि खगेन्द्र अधिकारीको बुझाई रहेको छ ।

गाउँ विकास समिति र नगरपालीकाबाट दिईदै आएको सिफारीस रोकिएकाले नागरीकहरुको प्रशासनिक काम रोकिएको छ भने जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्दै आएको नागरिकता प्रमाणपत्र वितरण पनि दुई दिन देखि प्रभावित बनेको छ ।

नागरिकतालगायतका महत्वपूर्ण कागजपत्र प्रदान गर्न सिफारिस गर्ने स्थानीय निकाय तहमा परिणत हुँदा लेटरप्याड, छाप र कार्यालय व्यवस्थापन गर्न समय लाग्दा नागरिकता वितरणजस्ता काम प्रभावित भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले जानकारी दिए ।

सिफारीस र नागरीकता प्रिन्ट गर्ने सफटवेर गृहबाट अपडेट नहुँदा नागरिकताका लागि गाउँ–गाउँबाट सदरमुकाम आएका स्थानीय प्रशासन कार्यालयबाट काम नहुँदा मर्कामा परेका छन् ।

स्थानीय तहका लागि आवश्यक सामग्रीको व्यवस्थापन भएपछिमात्र प्रशासनबाट नागरिकता वितरणको काम थालिने प्रजिअ खड्काले जानकारी दिए । उता साविकको जिल्ला विकास समितिले स्थानिय समन्वय समितिमा परीवर्तन भईसके पनि बोर्ड परीवर्तन र कर्मचारीलाई व्यवस्थापन गर्न सकिरहेको छैन ।

अहिले छापा लेटरप्यार र बोर्ड बनाउने काम भईरहेको साथै गाउँपालीका र नगरपालीकामा जाने कर्मचारीलाई निर्देशन दिने काम भईरहेकाले केहि ढिला भएको स्थानिय विकास अधिकारी नरहरी भण्डारीले बताए ।

गाउँपालीकाबाट हुने काम ढिला भए पनि एउटामात्र नगरपालीका भएकाले नगरपालीकाको काम भने भईरहेको स्थानिय विकास अधिकारी भण्डारीको भनाई छ । ताप्लेजुङमा एक नगरपालिका र आठओटा गाउँपालिका कायम गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्