गुल्मीका ११७ बिद्यार्थी एसईई परीक्षा दिनबाट बञ्चित



अनिल खत्री,गुल्मी ।

यस वर्ष गुल्मी जिल्लाबाट १ सय १७ जना बिद्यार्थी माध्यामिक शिक्षा, कक्षा– १० को परिक्षा दिनबाट बञ्चित भएका छन् । बञ्चित हुने मध्ये छात्रा ६१ र छात्र ५६ रहेको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिए । ७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले बिद्यालय छोडेका बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका हुन । गत बर्ष ९२ जना बिद्यार्थी एसएलसी परिक्षा दिनबाट बञ्चित भएका थिए । बञ्चित हुने मध्ये छात्रा ६० र छात्र ३२ जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यस वर्ष गुल्मी जिल्लाबाट ५ हजार ३ सय ३७ जना बिद्यार्थीले माध्यामिक शिक्षा परिक्षा कक्षा– १० को परिक्षा दिदैछन् । नियममित तर्फ ५ हजार १ सय २ जनाले परिक्षामा सहभागीता जनाउने जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरि ज्ञवालीले जानकारी दिए । एक्जाम्टेड तर्फ १ सय ३१ र आंशिक तर्फ १ सय ४ जनाले परिक्षामा भाग लिने ज्ञवालीले बताए । साथै यस बर्ष प्राविधिक बिषयमा अध्ययन हुने जिल्लाका दुई वटा बिद्यालयका ४९ जना बिद्यार्थीले परिक्षा दिनेभएका छन् । सिभिल इन्जिनियरिङ्ग बिषयमा अध्ययन हुने जनज्योति मावि रिमुवाबाट २८ र कृषी बिज्ञानमा अध्ययन हुने उदय मावि शान्तिपुरबाट २१ जनाले माध्यामिक शिक्षा परिक्षा २०७३ दिदैँछन् ।

२७ वटा परिक्षा केन्द्र

यस वर्षको माध्यामिक शिक्षा परिक्षा कक्षा– १० संचालन गर्न जिल्ला विभिन्न स्थान २७ परिक्षा केन्द्र तोकिएको छ । गत बर्ष ३० परिक्षा केन्द्र रहेका थिए । यस बर्ष तीन वटा परिक्षा केन्द्र हटाएर २७ बनाइएको छ । यसपाली सुरक्षाको स्थितीलाई हेरेर प्रहरी चौकी नभएको ठाउँमा परिक्षा केन्द्र नदिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए । गत बर्ष भन्दा अहिले केन्द्रहरु पनि परिवर्तन भएका छन् । सम्बन्धित बिद्यालयका प्रध्यानाध्यापक र स्रोत व्यक्तिको इच्छा र मागको आधारमा केन्द्र तोकिएको कार्यालयले जनाएको छ । गत बर्षका आठ वटा केन्द्र परिवर्तन गरेर यो बर्ष पाँच वटा केन्द्र नयाँ थपिएको छ ।

परिक्षाको सबै तयारी पुरा

जिल्ला शिक्षा कार्यालय गुल्मीले पत्रकार सम्मेलनको आयोजना गरी चैत्र ३ गतेबाट संचालन हुने माध्यामिक परिक्षा कक्षा–१० को तयारी सवै पुरा भएको जनाएको छ । कार्यालयका अनुसार परिक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेर परिक्षाका लागि आवश्यक सवै सामाग्री सम्बन्धित ठाउँ सम्म पु¥याइएको छ । सवै केन्द्राध्यक्ष र स्रोत व्यक्तिहरुलाई केन्द्रको १७ र परिक्षा समन्वय समितिले तयार गरेको २७ वुँदे परिक्षा आचारसंहिताको बारेमा जानकारी गराइएको बिद्यालय निरिक्षक झविलाल विकले बताए ।

परिक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली पनि तयार गरिएको कार्यालयले जनाएको छ । शिक्षा समितिका पदाधिकारी, परिक्षा समन्वय समितिका पदाधिकारी, शिक्षासंग सम्बन्धित विभिन्न पेशागत संगठन, जिल्ला शिक्षा कार्यालयका कर्मचारी, बिद्यालय निरिक्षक,स्रोत व्यक्ति लगायतको अगुगमन टोली बनाइएको कार्यालयले जनाएको छ । साथै आवश्यक परेको खण्डमा मोवाइल टोली समेत परिचालन हुने निरिक्षक विकले बताए ।

प्रतिक्रिया दिनुहोस्