एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, भोलिबाट परिक्षा सुरु



भक्तपुर, २ चैत । परिक्षा नियन्त्रक कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिषद्को परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने परिक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँले माध्यमिक शिक्षा परिषद् (एसइई) परिक्षाको प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परिक्षा पनि लेटर गेटिङ प्रणलीमा हुने बताउनुभयो ।

राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परिक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भई नसक्दा परिक्षा नियन्त्रक कार्यालयले परिक्षाको सम्पूर्ण तयारी गरेको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । भोलिबाट हुने माध्यमिक परिक्षा परिषद्को परिक्षामा देशभर १९ सय २३ वटा परिक्षा केन्द्र तोकिएको बताउँनुभयो ।
जिल्लामा परिक्षा समन्वय समितिले निर्धारण गरेको आधारमा परिक्षा केन्द्र तय गरेको बताउँदै उहाँले केन्द्रमध्ये काठमाडौमा सबैभन्दा बढी ९६ वटा केन्द्र र मनाङ र मुस्ताङमा एक÷एक वटा परिक्षा केन्द्र रहेको जानकारी दिनुभयो । उहाँले १ सय ५० परिक्षार्थी भएको केन्द्रमा सहायक निरीक्षक थप गर्दै लगिएको र जम्मा २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष भएको बताउनुभयो ।

उहाँले परिक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परिक्षामा सामेल रहेको बताउँदै देशभर १ हजार ९ सय २३ परिक्षा केन्द्र, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी खटाइएको जानकारी दिनुभयो ।

उहाँले २५ परिक्षार्थीमा एक निरीक्षक रहने गरी परिक्षाको तयारी गरिएको बताउँदै सबै केन्द्रमा केन्द्राध्यक्ष नियुक्तिदेखि सुरक्षा ब्यवस्था मिलाइसकेको बताउनुभयो । परिक्षा बिहीबारबाट सुरु भई आगामी १४ गतेसम्म चल्लेछ ।

उपनियन्त्रक डिल्लीराम लुँइलेटलले सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो । शिक्षा ऐन कार्यान्वयनमा आएपछि शिक्षा मन्त्रालयले १२ कक्षापछि मात्र एसएलसी परिक्षा लिने भएपछि यस वर्षदेखि माध्यमिक शिक्षा परिषद्को खासै प्रचार भएको देखिन्न् ।

प्रतिक्रिया दिनुहोस्