भरतमोहन अधिकारीलाई थप उपचारका लागि थाइल्याण्ड लगिने



काठमाडौं, नेस ।
पूर्वमन्त्री समेत रहेका भरतमोहन अधिकारीलाई थप उपचारका लागि थाइल्याण्ड लगिने भएको छ। कान्तिपुर अस्पतालमा भर्ना भएका अधिकारीलाई हाल बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

दिशा र पिसाव सम्बन्धी गम्भीर समस्या देखिएपछि उहाँलाई थाइल्याण्ड लैजाने तयारी भइरहेको उहाँको सचिवालयले जनाएको छ।

पूर्व उपप्रधान एवम् अर्थमन्त्री अधिकारी लामो समयदेखि मुटु र दम रोगबाट पीडित हुनुहुन्छ । उमेर हदका कारण एमालेको सक्रिय राजनीतिमा उहाँ राजनीतिमा हुनुहुन्न ।

प्रतिक्रिया दिनुहोस्