अछाममा उपभोक्ता जागरण कार्यक्रम सम्पन्न



बिष्णुप्रसाद भण्डारी, अछाम ।

विश्व उपभोक्ता अधिकार दिवस, आज विभिन्न कार्यक्रमका सहित मनाईंदैछ । दिवसको अवसरमा अछामको मंगलसेनमा उपभोक्ता जागरण कार्यक्रम सम्पन्न भएको छ । ‘उपभोक्ता हित संरक्षणमालगाऔँ ध्यान, सुरक्षित राखौँ सम्पत्ति, जिउज्यान’ भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा जागरण कार्यक्रम भएको हो ।

प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय बिकास अधिकारी तयोनारायण सुवेदी, नेपाली कांग्रेसका बिष्णुबहादुर खड्का, नेकपा एमाले जिल्ला कमिटी अछामका सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा माओबादी केन्द्रका झंकर साउँद, राप्रपाका दिपेन्द्र खत्री, नेपाल मजदुर किसान पार्टीका बिरेन्द्रबहादुर शाहीको उपस्थिती रहेको थियो ।

यसैगरी नेकपा माओबादी क्रान्तिकारीका जिल्ला सह–सचिव काँशिराम जैशी, जिल्ला शिक्षा अधिकारी झंकरबहादुर बिष्ट, जिल्ला पशु सेवा कार्यालय अछामका वरिष्ट पशु चिकित्सक डा. बेदप्रकाश भट्ट, जिल्ला निर्वाचन अधिकारी चुडामडी साप्कोटा, घरेलु तथा साना उद्योग बिकास समिति अछामका उद्योग अधिकृत रामचन्द्र सुवेदी, प्रहरी निरिक्षक महेन्द्र कलौनी, शसस्त्र प्रहरी खप्तड गुल्म साँफेबगरका प्रहरी प्रमुख प्रहरी नायव उपसिक्षक राधेश्याम धिमाल, मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद ढुंगाना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष जनकराज भण्डारी, सचिव शिवराज ढुंगाना, अन्तरपार्टी महिला सञ्जालका सदस्य सरस्वती रावल, नेपाल बार एसोसियसन जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, अछाम स्काउटका जिल्ला आयुक्त पदम धामीको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले उपभोक्त हित र संरक्षणको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस अघि बिहान उपभोत्ता हित र संरक्षणका नारा समेटिएका प्लेकाड सहितको र्याली समेत निकालिएको थियो । र्यालि जिल्ला बिकास समितिको सभाहलमा गएर सभामा परिणत भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति अछामका योजना अनुगमन तथा प्रशासकिय अधिकृत मित्रदेव लम्सालले गर्नुभएको थियो ।

सन् १९६२ मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनौट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपछि दिवस मनाउन थालिएको हो । यो ऐनको दफा ६ मा वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने हरेक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्